दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदा जनक पौष्टिक तत्व हो । तर, दुधसँग केही खाने कुराहरु खाँदा हामीलाई हानिकारक शरिरलाई हानी समेत गर्नसक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’ नियम मानेको छ ।

यसका अनुसार केही खानासँग दुधखाँदा अपच हुने, तौल बढ्ने, छालाको एलर्जी हुने लगाएतका धेरै समस्याहरु देखा पर्न सक्छन् ।

दुधसँग यस्ता भोजन नखानुहोस्

१. रहरको दाल
रहरको दाल र दुध दुवैले डाइजेस्ट हुन धेरै समय लिन्छन । यी दुवै खाने कुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको समस्या देखापर्न सक्छ ।

२. नमकिन वा नुनिलो खानेकुराहरु
दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस । नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदाहाम्रो शरिरले लिन सक्दैन र छाला संग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।

३. प्याज
खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगाएतका समस्या निम्तिन सक्छन् ।

४. खुर्सानी
खुर्सानी र मसलादार खानाखादैं हुनुहुनछ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् ।

५. माछा
माछा खानाले शरिरमा गर्मी बढाँउछ भने र दुधले सर्दी गराँउछ । यी दुवै खानेकुरा एकैचोटी खानाले ग्याँसको समस्या आउने र छालाको एलर्जी हुन सक्छ ।

६.दही
दुध र दही बाट बनेको चिज एकैसाथ खाँदा एसिडिटि, ग्याँस हुने, बान्तार अपच हुने जस्ता समस्याहरु देखापर्न सक्छन ।

७. कागती
कागती वा अमिलो चिजहरु खांदैहुनुहुन्छ भने एक घण्टासम्म दुध नखानुहोला । यिनीहरुलाई सँंगै खानाले एसिडिटि, ग्याँसको समस्या हुनसक्छ ।

८. केरा
रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानु होला यसले झनै खोकी बढाँउछ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →