स्याङ्जाका १० सङ्क्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए

स्याङ्जा, जेठ २४ गते । कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा एकै पटक १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यहाँको वालिङ नगरपालिका

घर भई पालिकाकै क्वारेन्टाइनमा आठ जना र हरिनास गाँउपालिकाका घर भई पालिकाकै क्वारेन्टाइनमा बस्दैआएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित पुष्टि हुनेहरू जेठ १८ गते स्वाब लिएका वालिङका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ बर्ष उमेरका पुरुषहरू रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० वर्ष उमेरका पुरुषहरू रहेका छन् ।
सङ्क्रमित पुष्टि भएका वालिङ नगरपालिकाका वडा नं ४ का एक जना, वडा नं ७ का एक जना र वडा नं १३ का छ जना रहेका छन् । शनिबार सङ्क्रमित पुष्टि भएको सबै १० जना जेठ ११ गते आएका हुन् । ११ गते आएकामध्ये यसअघि वालिङ १३ मा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
नयाँ सङ्क्रमित थपिएसँगै स्याङजामा सङ्क्रमितको सङ्ख्या २३ पुगेको हो । यहाँ हालसम्म सङ्क्रमित भेटिएका सबै भारतबाट आएका हुन् भने सङ्क्रमितमा एक जना महिला र २२ जना पुरुष रहेका छन् ।
स्याङ्जामा वालिङमा १३ जना, चापाकोटमा चार जना, हरिनासमा दुई जना, गल्याङमा दुई जना, बिरुवामा र कालिगण्डकीमा एक एक जना सङ्क्रमित भेटिएका छन् ।

एकै परिवारका तीन सङ्क्रमित

शनिबार कोरोना सङ्क्रमित पुष्टि भएकामध्ये जेठ १५ गते सङ्क्रमण फेला परेर पोखरामा उपचाररत ३९ वर्षीया महिलाको ४४ वर्षीय श्रीमान र देवरसमेत रहेका छन् ।
एकै परिवारको श्रीमान श्रीमती गरी चार जना भारतकाे दिल्लीबाट ११ गते आएकोमा तीन जनाको सङ्क्रमित भएको पुष्टि भएसँगै देवरको श्रीमतीको फेरि स्वाब लिएको नगर प्रमुख दिलीप प्रताप खाँणले जानकारी दिनुभयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →