गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७ पुग्यो

कास्की, जेठ ३१ गते । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार पर्वतका चार जना र नवलपरासी पूर्वमा थप एक जनामा संक्रमण पुष्टि भएको हो।

पर्बत कुश्मा नगरपालिका ६ वर्षीय बालर र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ वर्षका पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय अर्का युवामा कोरोनको संक्रमण पुष्टि भएको छ।

त्यस्तै नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →