बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम दा हसं स्कार गरिएको छ ।
सोमबार मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम दा हसं स्कार गरिएको हो ।
उनलाई बुवा केके सिंह र बहिनीहरुले दा गबत्ति दिएका थिए ।
पो ष्टमा र्टमपछि सुशान्तको शव कुपर अस्पतालमा राखिएको थियो ।
सोही अस्पतालबाट श वयात्रा गरिएको थियो ।
यद्यपि,परिवारले अन्तिम दा हसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए ।
सुशान्तको मृ त शरीरको कोरोना परीक्षण समेत गरिएको थियो ।
परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
दिवंगत अभिनेता सिंहको सोमबार मुम्बईको विले पार्ले स्थित सेवा समाज श्मशान घाटमा अन्तिम सं स्कार गरिएको छ।
अ न्त्येष्टि कार्यक्रममा, सुशान्तका पिता आफन्त, श्रद्धा कपुर, रिया चक्रवर्ती लगायतका कलाकार पनि सहभागी थिए।
अभिनेता सुशान्त आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका थिए। उनले किन आ त्मह त्या गरे भन्नेबारे केही खुल्न सकेको छैन।
सुशान्तको निधनले बलिउड क्षेत्रमा शो क छाएको छ। कलाकारहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
उनको शव यात्रामा बलिउड सेलिब्रेटी र कलाकार सहभागी भएका थिए । अन्तिम संस्कारको लागि उनको परिवार र आफन्त पटनाबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनीः दी अन्टोल्ड स्टोरी, केदारनाथ र छिछोरे लगायतका फिल्महरू हिट भएका थिए । त्यसअघि उनी टीभी उद्योगका सफल कलाकार थिए ।
पानीमा रुझ्दै आफ्नो प्रिय साथीलाई बिदाई गर्न आइपुगे बलिउड सेलिब्रेट
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम बिदाईको तयारी भइरहेको छ ।
मुम्बइमा यतिबेला पानी परिरहेको छ ।
आफ्नो साथीलाई अन्तिम बिदाई गर्न र उनको परिवारलाई सान्तवना दिन बलिउडका सेलिब्रेटीहरु उनको घर ब्रान्द्रा अपार्टमेन्टमा आइपुगेका छन् ।
उनको फिल्म ‘छिचोरे’मा उनले आ त्मह त्या गर्नु हुदैन भनेर सन्देश दिएका थिए ।
“मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।
हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे कुरा नै गर्न चाहँदैन ।
छोरा, राम्रो अंकहरू ल्यायौभने, यो कलेजमा भर्ना पाईनेछ, यो कोर्स गर्यौ भने, यो रोजगार पाईनेछ ।
अरे यार, १० लाख विद्यार्थिहरू परीक्षामा बस्छन्, त्यसमध्ये १० हजार मात्र छानिएका हुन्छन्, बाँकीका ९लाख ९० हजार बच्चाहरु ? तिनीहरूलाई थाहा नै छैन कि अब के गर्ने ?
किनकि यसबारे कहिले उनीहरूले तयारी नै गरेनन् । उनीहरूलाई लाग्छ कि उनीहरू परीक्षामा होइन जीवनमा असफल भई रहेका छन् ।
परीक्षाको नतीजाले निर्णय (decide) गर्दैन कि हामी बिजेता हौं कि हरुवा हौं । यो निर्णय त कोशिश (try) ले गर्दछ कि हामीले कोशिश कत्तिको गरेछौं वा गर्यौं कि गरेनौं ।”
उनको फिल्मको यो डाइलगलाई बिर्सदै उनले यो कदम चाले ।
अभिनेत्री कंगना रनावतले सुशान्तको निधनमा प्रश्न उठाएकी छिन् ।
इन्टाग्राममा एक भिडियो जारी गर्दै उनले सुशान्तको निधनप्रति प्रश्न उठाएकी हुन् ।
इन्टाग्राममा लाईभमा आएर उनले भनिन्, “धेरै मिडिया तथा चलचित्रकर्मीले मानसिक स्वास्थलाई लिएर बिचरा भनेको पाए ।तर के उनीहरुले उ जिउँदो छदाँ उस्को महत्व बुझ्ने कोशिस गरे।”
यो सु साइड हो वा प्लान मर्डर ? उनले भनिन् । सुशान्तसँग नजिक रहेकी कंगनाले उस्लाई म र्न बाध्य पारिएको बताउँदै बलिउडकर्मी माथि कडा आक्रोश व्यक्त्त गरेकी छिन् ।
बाचुँञ्जेल कहिल्यै उस्को कामको प्रशंशा गरेउ ? उस्लाई कहिले अघि बढ्न प्रेरित गर्यौं ?
फिल्मी दुनिँया भन्दा बाहिरको परिवारबाट आएर उसले गरेको संघर्षको बारेमा कसैले सकरात्मक रुपमा लेख्यौं ?
परिवारबादलाई मात्र बलिउड देख्ने कलाकारले अहिले मेन्टल हेल्थ भन्दै सहानुभुति दिएको फिटिक्कै सुहाएन ।