बागलुङ । बागलुङको निसीखोलामा १२ दिनदेखि क्वारेन्टाईनमा रहेकी एक महिलाले क्वारेन्टाईनमै बच्चा जन्माएकी छिन् ।
भारतदेखि १२ दिन पहिले गाउँ फर्किएकी निसीखोला गाउँपालिका ५ कि २१ वर्षिय रैमती बिकले निसीखोला ५ स्थित ज्ञानेन्द्र माविको क्वारेन्टाइनमा बच्चा जन्माउनुभएकोे हो ।
सुत्केरी व्यथा लागेको थाहा पायसँगै स्वास्थ्यकमीृको टोली क्वारेन्टाईनस्थलमा आइपुग्दा बच्चा जन्मिएपछि दुईजना स्वास्थ्यकर्मिले क्वारेन्टाईनभित्रै डेलीभरीमा सहयोग गरेका हुन् । हाल सुत्केरी र बच्चाको अवस्था सामान्य छ । उहाँको गत जेठ २९ गतेमात्रै पिसीआर परिक्षण गरिए पनी हालसम्म रिर्पाट आएको छैन् ।
रिपोर्ट नआएका कारण डेलीभरी गराउन सहयोग गर्ने दुईजना स्वास्थ्य कर्मिलाई समेत क्वारेन्टाईनमा बस्न भनिएको स्वास्थ्य संयोजक टोपबहादुर चन्दले बताउनुभयो ।
विदेशमा अप्ठयारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सुरु
काठमाडौं । विदेशमा अप्ठयारोमा रहेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काउन सुरु गरेको छ । लकडाउनका कारण ८ वटा देशमा अलपत्र परेका नेपाली आजदेखि काठमाडौं ल्याउने भएको छ ।
हिमालय एयरलायन्समार्पत पहिलो चरणमा आज श्रीलंकाको राजधानी कोलम्बो र माल्दिभ्सको राजधानी मालेबाट नेपाली नागरिकलाई उद्धार गरिने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार ठूला जेट विमान उडाउँदै आएका नेपालका दुइटा वायुसेवा कम्पनीलाई २० वटा मुलुकबाट नेपाली नागरिकलाई असार ११ सम्म चार्टर उडानबाट ल्याउन अनुमति दिएको थियो ।
मन्त्रालयको त्यो निर्णयअनुसार, नेपाल वायुसेवा निगमले आइतबार पहिलो उडान बंगलादेशबाट गरिसकेको छ । एयरबस कम्पनीका चारवटा न्यारोबडी विमान भएको हिमालयको आज काठमाडौंबाट हुने पहिलो चार्टर उडान कोलम्बो, माले हुँदै स्वदेश फर्किने छ ।
यी दुई मुलुकबाट १ सय ५८ नेपाली फर्किने छन । भोलि बंगलादेशको ढाका, सिंगापुर, कम्बोडियाबाट पर्सी मलेसिया र साउदी अरबियाको दमामका लागि दुइटा उडान हुनेछन । हिजो ओमानमा करार अवधि समाप्त र रोजगारविहीन भएका एक सय ६६ जना नेपालीलाई नेपाल ल्याइएको छ ।