कोरोनाले धेरै मानिसको जीवनलाई तहस नहस बनाइ दिएको छ । यस्तै घटना घटेको छ एकजना शिक्षक सँग र उनी जीवन धान्न केरा बेच्ने अवस्थामा पुगे ।
उनी हुन भारतको आन्ध्र प्रदेशमा एक चर्चित निजी सकुलमा पढाउने शिक्षक पि बैन्कट सुब्बिया । लकडाउनले उनको नोकरी गुम्यो , उनी स्कुल बाट निकालिए । अनी घर चलाउन ठेलामा केरा बेच्न थाले । जव उनका बिद्यार्थीहरुले यो कुरा थाहा पाए उनीहरुले ८७ हजार भारु जम्मा गरेर आफ्नो शिक्षकलाई दिए ।
जब उनी पढाउथे उनको तलब १६००० थियो । केरा बेचेर उनले दिनमा मुस्किलले २०० कमाउन थाले । जव उनका बिद्यार्थीहरुले उनलाई यती ठुलो सरप्राइज दिए उनले शिक्षक हुनुको गौरबलाई फेरी सम्झेर पुन पडाउने निर्णय गरेका छन । दुई बिषयमा मास्टर्स गरेका उनलाई नयाँ बिद्यार्थी भर्ना गर्न नसकेको भनेर जागीर बाट निकालिएको थियो ।
काठमाडौं उपत्यकामा अहिलेसम्म ४३ जनामा कोरोना संक्रमण
काठमाडौं- अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा कारोना भाइरस संक्रमितको संख्या ४३ जना पुगेको छ ।
सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । ती मध्ये २४ जना निको भएर घर फर्कि सकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् ।
काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वरलगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।