६ महिनामा ७ सिनेमा गुमाएका थिए सुशान्तले, के सुशान्तको मृ*त्युमा बलिउडको दोष छ ?

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको छ।

राजपुतका सपना भवानी, अनुभव सिन्हा र निखिल द्विवेदीलगायतका साथीहरूले बलिउडको पाखण्डी शैलीको चर्को आलोचना गरेका छन्।

बलिउडमा पाखण्ड मौलाएको भन्दै बलिउड अभिनेत्री कंगना रनावटले पनि चर्को आलोचना गरेकी छन्।

इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै उनले सुशान्तको दु:खद् अवसान आत्महत्या हो या योजनाबद्ध हत्या हो भन्दै बलिउड उद्योगप्रति प्रश्न उठाएकी छन्।

‘तपाईंले उसका पछिल्ला पोस्टहरू हेर्नुस्, आफ्नो बलिउडमा कोही गडफादर नभएकाले स्पष्ट शब्दमा उसले मानिसहरूलाई उसको फिल्म हेर्न भनेको छ। फिल्म नहेरिए आफू उद्योगबाट बाहिर फालिने चिन्ता व्यक्त गरेको छ। उसले अन्तर्वार्तामा उद्योगले आफूलाई किन आफ्नो मानेको छैन? भनेका छन्। उनले आफू बलिउडमा फाल्टु जस्तो महशुस गरिरहेको बताएका छन्। त्यसकारणले यो घटनामा कारक होइन?’ भिडिओमा उनले सोधेकी छन्।

‘यहाँ पत्रकारहरूको यस्तो तप्का छ जसले सुशान्त मानसिक, विक्षिप्त र दुर्व्यसनी भएको भनेर अन्धाधुन्ध लेख्छ। तर उनीहरूले सञ्जय दत्तको दुर्व्यसनलाई भने आकर्षक देख्छन्,’ उनले भिडिओमा भनेकी छन्।

यसैगरी भारतका पूर्वसासंद सञ्जय निरूपमले आफ्नो ट्विटमा ‘छिछोरे’को व्यापक सफलताका बाबजुद् ६ महिनाको अवधिमा ७ वटा सिनेमा गुमाएको लेखेका छन्। बलिउडको यस किसिमको क्रुरताको उनले चर्को आलोचना गरेका छन्।

सुशान्तसिंह राजपुत मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आइतबार पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए।

६ वर्षसम्म सँगै बसेकी सुशान्तकी पूर्व प्रेमिका परिवारलाई भेट्न पुगिन्

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको सोमबार नै दाहसं स्कार गरिएको थियो । विले पार्लेस्थित पवन हंस श वदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम सं स्कार बुबा र बहिनीले दा गबत्ति दिएर गरेका थिए ।

सुशान्तको आ त्मह त्या प्रकरण अहिलेसम्म अनुसन्धानमा छ। प्रहरीले यस सन्दर्भमा सुशान्तका घनिष्ठ मित्रहरू रिहा चक्रवर्ती र महेश शेट्टीलाई सोधपुछ गर्ने छ।

यस्तै मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्तसँग अनुसन्धानका लागि सोधपुछ गरिरहेको छ। आ त्मह त्या हो वा अरु केही ष ड्यन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले सुशान्तकी बहिनीको पनि वयान लिएको छ।

बहिनीका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रे शनमा थिए। पछिल्लो एक सातायता उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी सुशान्तको घर आएर २ दिन बसेर गएकी थिइन्।

हालै औषधि लिन पनि छोडेका थिए। उनको भनाईअनुसार डिप्रे शनकै कारण सुशान्तले आ त्मह त्या गरेको देखिन्छ।

सोमबार उनलाई अन्तिम बिदाई गर्न बलिउडका धेरै कलाकर्मी भेला भएका थिए त त्यस्मा ६ वर्ष लिभिङ्ग रिलेशनसिपमा बसेकी उनकी पुर्वप्रेमिका अंकिता लोखन्डे पुगिनन् । उनीहरु “पवित्र रिस्ता”बाट चर्चामा आएका थिए । तर मंगलबार अंकिता सुशान्तको परिवारलाई भेटेर स मवेदना दिन सुशान्तको बान्द्रा अपार्टमेन्टमा पुगेको फोटोहरु बाहिरिएको छ ।

भारतीय मिडियाको अनुशार रुदा रुदा उनको अवस्था एकदमै नाजुक भएको थियो । आज बाहिर आएका फोटोमा पनि उनी अत्यन्तै तनावमा रहेको देखिन्छिन् । पिंकभिल्लाले सार्वजनिक गरकाे केहि तस्विरहरु हेरौं ।

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको मृत्युको पीडाले भाउजुको पनि निधन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।

सुशान्तले अचानक आ त्मह त्या गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् ।

सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो।

सुशान्तको मृत्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्।

देवरको मृत्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृत्यु लगभग सुशान्तको अन्तिम संस्कारका बेला भएको हो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →