कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको लियो ज्यान, ज्यान गुमाउनेको संख्या २० पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका ६ का ४६ बर्षका महिलाको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर उनको मृत्यु भएपनि हिजो साँझ मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको पनि मृत्यु पछिमात्रै कोरोना भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । अहिलेसम्म नेपालमा प्रदेश नम्बर २, ५, कर्णाली, सुदुरपश्चिम तथा प्रदेश नम्बर १ मा धेरै सङ्क्रमित भेटिएका छन् ।

देशका ७३ जिल्लामा सङ्क्रमण फैलिसकेको सरकारले जनाएको छ । नेपालमा कुल सङ्क्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । थप १ सय १७ जना संक्रमित कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

सरकारले कोरोना संक्रमणको दर नघटेको भन्दै विशेष सतकर्ता अपनाउन पनि आग्रह गरेको छ ।

सङ्क्रमित हुनेहरुको सङ्ख्या नघटेको भन्दै सरकारले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न र सुरक्षित हुन आग्रह गरेको हो ।
लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम झन उच्च भएको भन्दै सरकारले स्वास्थ्य सावधानी नअपनाए भयावह अवस्था आउन सक्ने बताएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →