जन्मभुमी पटनामा सुशान्तको अस्ती बिसर्जन गरिदै…

सुशान्त सिंह राजपुतको निधनले धेरैको आँशु रोकिएको छैन्न । आइतबार निधन भएपनि सोमबार उनको अन्तिम संस्कार गरियो ।

४ दिदी बहिनीको एक्लो भाइले यस्तो कदम चालेपछि परिवार शोकमा डुब्यो । उनकी दिदी स्वेता सिंह बुबालाई सम्हाल्न अमेरिकाबाट आइन् ।

खबरका अनुशार सुशान्तको अन्तिम संस्कार अर्थात अस्ती बिसर्जन गर्न उनीहरु भारतको बिहार स्थित पटना पुगेका छन् ।

सुशान्तकी दिदी स्वेता सिंहले फेसबुक मार्फत उक्त्त कुराको जानकारी दिएकी हुन् ।

“अमेरिकाबाट म सकुशल पटना आइपुगेको छु । आज हामी हाम्रो प्यारो भाइको अस्ती बिसर्जन गर्दैछौं । तपाइहरु सबैले उस्लाई माया गर्दै प्राथना गर्नुहोला । हामी पनि यहाँबाट प्राथना गर्छौं सबैजना मजबुत भएर उस्लाई बिदा गरौं ।” उनले लेखेकी छिन् ।

अघिल्लो पोष्टमा उनले भाइलाई मायाले भरिएको स्टाटस लेखेको थिइन् ।सरी मेरा सोना भन्दै सुरु गरेकी उनले पीडा भरिएका कुराहरु गरेकी छिन् ।
१६ वर्षको उमेरमा नै आमा गुमाएका सुशान्तलाई तिनै दिदी र बुबाले सम्हाल्दै आएका थिए ।

यस्का साथै उनीहरु आफ्ना काका र सानीमाहरु सँग पनि निकट थिए ।उनको मृत्युको पीडा खप्न नसकेर उनको काकाको बुहारीको निधन भएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →