क्लिभल्याण्ड (एजेन्सी)। अमेरिकामा एक व्यक्तिले सयौं वर्ष पुरानो घर पुख्र्यौली सम्पत्तिको रुपमा पाए । घर पुरानो भएकोले उनल घरको बेसमेन्ट मर्मत गराउने सोच बनाए । बेसमेन्टमा भित्तामा अनेकौं किसिमका चित्रहरु थिए ।
त्यहाँ केही लेखिएको पनि थियो । सफाइ गर्दै जाँदा ती व्यक्तिले सिलिङ प्यानलमा केही लुकाएर राखिएको देखे । जब त्यसलाई निकालियो त्यो एउटा सुटकेस थियो । जसमा ५० लाख रुपैयाँ नगद र अन्य सामान थिए ।
बेसमेन्टमा राखिएको त्यो ७० वर्ष पुरानो सुटकेसबारे यो परिवारलाई थाहै थिएन ।
ओहिवो राज्यको क्लिभल्याण्डका ३५ वर्षका यी व्यक्तिले बेसमेन्टको मर्मत गर्ने क्रममा सिलिङमा प्यानल देखेका थिए ।
जुन प्यानल ढाकिएको थियो । प्यानल हटाउँदा भेटिएको सुटकेसको तौल पनि धेरै थिएन र उतिसारो ठूलो पनि थिएन त्यसैले सुरुमा उनीहरुलाई यो सुटकेस खोल्दा धेरै उत्सुकता पनि थिएन ।
सुटकेसभित्र एउटा पत्रिकाको टुक्रा थियो र ३ वटा प्याकेट थिए । पहिलो प्याकेट खोल्दा त्यहाँ १ हजार डलर नगद थियो । उनलाई आफ्नो भाग्यमा विश्वास भइरहेको थिएन । दोस्रो प्याकेट खोल्दा त्यसमा ५ हजार डलर थियो ।
अन्तिमको प्याकेट खोल्दा त उनके हातमा खजाना नै लाग्यो । यसमा नगदसँगै एक गोल्ड सर्टिफिकेट पनि थियो ।
यो प्याकेटमा ४० हजार डलर थियो । उनीहरुले मर्मतको क्रममा अर्को एक सुटकेस पनि भेट्टाए जसमा २ हजार डलर थियो । यो घर उनीहरुको पुख्र्यौली भएकोले यो पैसामा अधिकार पनि उनीहरुकै थियो ।