पार्कमा पाइप गाड्न जमिन खन्दै थिए मजदुर, अचानक अनौठो आवाज आएपछि…

स्पेनको एक पार्कमा पाइप गाड्ने काम भइरहेको थियो । मजदुरहरु जमिन खन्दै थिए । यत्तिकैमा एक मजदुरले जमिन खन्दै गर्दा अनौठो आवाज आयो ।

यो कुनै कडा वस्तुमा ठोक्किएपछि आउने आवाज थियो । त्यसपछि मजदुरहरुले त्यहाँ खन्न थाले ।

खन्दै जाँदा त्यहाँ धातुका घडा भेटिए । घटा १–२ वटा होइन पूरै १९ वटा थिए । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटाजत्रै थियो ।

यी घडा खोलेर हेर्दा त्यहाँभित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालका थिए । जसको मूल्य खर्बौं रुपैयाँ थियो ।

स्पेनको टमारेस शहरमा एक पार्कमा पाइप गाड्ने क्रममा यसरी खजाना भेटिएको हो । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल थियो । जमिनभित्र यी सबै घडा १ मिटरभन्दा पनि कम गहिराइमा भेटिएका थिए ।

सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो ।

यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । संग्रहालयकी निर्देशक एना नेवेरोले भनेकी थिइन् कि यी सिक्का त्यो जमानाका हुन् जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गर्थे ।एजेन्सी

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →