बगैंचा बनाउन जमिन खन्दा २५ फिटमुनि भेटियो सुरुङजस्तै बाटो, भित्रको दृश्यले उड्यो होस

टोरन्टो। क्यानडामा एउटा २ सय वर्ष पुरानो भवननजिकै नयाँ बगैंचा बनाइँदै थियो ।

त्यहाँ यसको लागि जमिन खनिँदै थियो । २५ फिट गहिलो खनेपछि त्यहाँ कामदारहरुले एउटा सुरुङजस्तै बाटो देखे ।

तत्काल खन्ने काम रोकेर पुरातत्वविदको टिम बोलाइयो ।

टिमले त्यहाँ भित्र नभइ त्यहाँभित्र क्यामेरा पठाएर भित्र हेर्ने कोसिस गरे ।

केही फिटभित्र यस्ता दृश्य देखिए कि पुरातत्वविदको टिम चकित पर्यो ।

क्यानडाको हेलिफेक्सस्थित यो सबैभन्दा पुरानो भवनमुनि एउटा बेसमेन्ट थियो ।

जति–जति त्यो बेसमेन्टको कोठाभित्रका दृश्यहरु देखिँदै थिए मानिसहरुको मुटुको धड्कन बढ्दै थियो ।

यो रहस्यमय बेसमेन्टलाई देखेपछि पुरातत्वविदको टिमले त्यहाँ उत्खनन गर्ने फैसला गरे । उत्खननमा निकै विचित्र चीजहरु हासिल भए ।

विशेषज्ञहरुले त्यहाँ भित्रका सामान हेरेर त्यतिबेला यो कुनै सेनाको गोप्य कोठा भएको हुन सक्ने अनुमान गरेका छन् ।

विशेषज्ञले यो कोठामा गनपाउडर वा हतियार राखिने गरेको हुन सक्ने अनुमान गरेका छ् ।

वैज्ञानिकको टिमले यो कोठाभित्र गएर हेर्दा वर्षौं पुराना भाँडा र गहना भेटे ।

उनीहरुले यहाँभित्रबाट करिब १५ सय चीजहरु भेटे । यी सबका बावजुद उनीहरुले यो सुरुङको विषयमा अनुमान मात्र गर्न सकेका छन् ।

उनीहरुले यो बुझ्न सकिरहेका छैनन् कि यो कोठा आखिर केका लागि प्रयोग हुन्थ्यो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →