कविता

टाढा लैजाउ प्रिय तिम्रो साथैमा

पदम थापा

टाढा लैजाउ प्रिय तिम्रो साथैमा
निदाउन पाउ जुनलाई हेरी तिम्रो काखैमा

जति दुख परेपनि म सहन सकु
तिम्रो ओठमा हासो छरि म रमाउन सकु
तिमी विना यो जिन्दगी कसरी रहला
दिनरात कटाउन पाउ तिम्रो साथैमा
टाढा लैजाउ प्रिय तिम्रो साथैमा

अलिसान महल चाहिदैन खुला आकास भए पुग्छ
जिन्दगीभर तिम्रो माया ममता भए पुग्छ
दुनियाँलाई उदाहरण देखाउन सकु
तिम्रोमेरो मायाप्रिती ईतिहासमा लेखाउन सकु
तिमी भए जिन्दगीभर हासि खुसी रहला
दुखमा पनि रमाउन पाउ तिम्रो साथैमा
टाढा लैजाउ प्रिय तिम्रो साथैमा

गल्कोट बाग्लुंग ( हाल :-स्पेन )

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →