के असार १० गतेपछि लकडाउन कडा हुदै छ? यस्तो छ वास्तविकता !

काठमाडौं । देशभर कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अझ सरकारले लकडाउनमा कडा गर्ने होकि भन्ने सोचाई आम नागरिकमा छ ।

तर, सरकारी अधिकारीहरु भने लकडाउनमा कडाई गर्ने सम्बन्धि कुनै पनि तयारी नभएको बताउँछन् ।

कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने कुरा हल्ला मात्र भएको बताएका छन् ।

उनले जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए ।

उनका अनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ ।

अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने उनको भनाई छ ।

३ महिनाको लकडाउनले बिशेषगरि व्यापारीहरु मारमा परेका छन् ।

निजी विद्यालयलाई शुल्क नलिन अनेरास्ववियूको आग्रह

सत्तारुढ दलको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनको निर्णयप्रति आप्पति जनाएको छ।

अनेरास्ववियूले लकडाउनका बेला प्याब्सन र एनप्याब्सनले विद्यार्थीबाट रकम असुल्ने गरी जारी गरिएको संयुक्त अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अनेरास्ववियृले एक विज्ञप्ति जारी गरी कोरोना कहरका कारण लकडाउनले गर्दा विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका वेला शुल्क उठाउने निजी विद्यालय संचालकहरुको आह्वानको भर्त्सना गरेको हो।

‘प्याब्सन र एनप्याब्सनले आइतवार २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न,०७७ सालको विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्न’ अपिल गरेको थियो।

अनेरास्ववियूले निर्णय असान्दर्भिक र अव्यवहारिक तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म शुल्क नलिन आग्रह गरेको छ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →