कविता

भीष्म

मन खत्री (सागर )

मैले रोपेर यो बोट सरेको होइन,
झारेर फुल झरेको होइन,

बिधिको बिधान,
इच्छा मृत्युधारी गङ्गापुत्र,
अर्जुनले मारेर मात्रै मरेको होइन !!!

न सम्बन्ध चाहेर बन्छ,
न कोहि नचाहेर छुट्छ,
मर्नुनै थियो भीष्म पितामहलाई,
शिखन्डी बिचमा उभिदिए पुग्छ !!

पारिवारिक लडाइँ,
न चाहेर जीत हुन्छ,
न सहजै हार हुन्छ,
न वार को पार हुन्छ,
देख्ने घाम छ अनि जून छ-
दुर्योधन गलत हो जान्दा जान्दै,
साथ दिने भीष्मको,
त्यो हालत नभए के हुन्छ ?

अम्बा, अम्बिका र अम्बालिका,
वलीका पशु,
जस्को जिउँदै हत्या गराइयो,
इतिहास साक्षी छ,
पाण्डु र धृत कसरी जन्माइयो,
एकै सब्दमा मान्छे कति चुक्छ !!!
हतारमा सत्यवतीलाई दिएको वचन,
जीवनभर कति भारी बन्यो,
यो भीष्म बाहेक अरु कस्ले बुझ्छ !!!

२०७७-३-८

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →