लघुकथा : बर्वाद

~डा. विदुर चालिसे

सुप्रियाकाे तल्लाे पेट खुब दुखेर आएकाेले अस्पताल भर्ना भई ! डाक्टरले सबै प्रकारकाे स्वास्थ्य जाँच गरे पछि अन्त्यमा एउटा जवाफ दिए ।
–“अरू सबै रिपाेर्ट ठीक छ ! एउटा एम आर आई गरेर हेरूँ अनि राेग कन्फर्म गरूँला !”

आफन्तहरू भने सुप्रियाकाे दुखिरहेकाे तल्लाे पेटकाे तनाबले चिन्तित थिए । उनीहरूले छिटाे छरिताे एवं विश्वस्त एम आर बारे साेधे । डाक्टरले रिफर गरिदिए । अर्काे अस्पतालमा एम आर गरियाे ।
रिपाेर्टमा लेखिएकाे थियाे ।
–“मे बि सिवियर ओभरी क्यान्सर !”
त्यसपछि सुप्रियाकी गाइनाकाेलाेजिष्ट डाक्टरले उसलाई अप्रेसन गर्ने सल्लाह दिइन । आफन्तहरू कालाे निलाे भएर छटपटाउन लागे । कलिलै उमेरमा खतरा राेग लागेकाेले सबै चिन्तित थिए ।
–“अप्रेसन छिटाे गर्नुपर्छ नत्र ज्यान खतरामा छ !”
अर्काे एसिष्टेण्ट डाक्टरले रेकर्ड केलाउँदै भन्याे। त्यसपछि सर्जरी डाक्टरले उसकाे बुढालाई छुट्टै बाेलाए । डाक्टरले सभ्य, मुलायम र शिष्ट भाषामा सल्लाह दिए ।
–“पैसाभन्दा पनि जीवन ठूलाे हाे तुरून्त आँटनोस नत्र ज्यान यसै भन्न सकिन्न !”
सुप्रियाका आफन्तहरू झन आत्तिन थाले । उनीहरू काे हाेस उड्न थाल्याे। केही घण्टाभित्र मै सुप्रियाकाे परिवार छाँगाबाट खसे झैं भए । उनीहरू सबै जनाले छेउमा बसेर शङ्कापूर्वक माैन निर्णय गरेर डिस्चार्ज अफिसरलाई भने ।
–“आज एक रात विरामी डिस्चार्ज गरि पाउँ । भाेलि विहान खर्च पुग्ने पैसासहित हामी विरामीलाई लिएर आउँछाैँ ।”
डिस्चार्ज अफिसरले मानेनन् । त्यसपछि एसिष्टेण्ट डाक्टर कहाँ पुगेर पनि मानेनन् । त्यहाँबाट उनीहरू गाइनाकाेलाेजिष्ट कहाँ पुगे। उनले आफन्तलाई झपारे । अन्त्यमा सर्जरी डाक्टर कहाँ पुगे। आफ्ना समस्या सबै भने । सर्जरी डाक्टरले अड्काे थापे ।
–“विरामीकाे अप्रेसनका लागि, एनेस्थेसिया स्टाफ, क्याेरिंग स्टाफ र बेडकाे पैसा तिरिसकियाे । अब त विरामीलाई फर्काउन मिल्दैन, मिल्दै मिल्दैन।”
त्यसपछि अस्पतालकाे प्राङ्गण वरिपरि सुप्रियाका आफन्तहरू निकै चिच्याए । उनीहरूकाे रिसकाे कुनै सीमा रहेन ।
–“के याे विरामी स्वादिष्ट कुखुरा हाे ? सबकाे तृष्णा मेट्न भुत्ल्याइ भुत्ल्याई खुल्याउने !”
पेसेण्ट पाटीकाे रिसकाे चपेटामा परेका सबै डाक्टर हरू यताउता थिए। बाेल्ने आँट कसैकाे थिएन। अरू स्टाफ पनि वाल्ल परिरहेका थिए । कता कताबाट माेवाइलकाे घण्टी कसैलाई आयाे । उनी छेउ लागेर बात मारिरहेका थिए । मधुराे तर टाढासम्म रहेकाे आवाज हतासकाे थियाे ।
–“अप्रेसनकाे ज्वाइण्ट भेन्चर विजनेसकाे कमिसन यसपाली त अलि बढाउनु पर्छ है ?”
फाेनकाे धमिलाे स्वरमा हतास मनसँग बेहाेसीहरूकाे अप्रेसन चलिरहेकाे थियाे ।
–“पेसेण्ट पाटी खुब चलाख रैछ, बर्वाद भाे अाज !”
सुप्रिया ट्याक्सी भित्र थिई । आफन्तहरू हल्ला गर्दै थिए । अस्पताल गेटमा एकजना चिनेकाे आगन्तुकले साेधे ।
–“सुप्रियाकाे खाइकुफत निकाे भाे ?”

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →