गजल

सम्झना छ त्यो दिन, जहाँ म आएको थिए ?
तिमी तिर्खाएकि थियौ म भोकाएको थिए !!

आहा त्यो उमेर !, खास अबर्णनिय थियो,
तिमिले पस्केकी थियौ मैले खाएको थिए !!

सायद त्यो नै त पहिलो दिन थियो- प्रिय,
म आफुले स्वर्गीय आनान्द पाएको थिए !!

बाहिरै सुनिने गरि – मुटु ढुक्ढुकाएथ्यो,
तिमी के भयौ कुन्नि मत अघाएको थिए !!

आज पराइ भएर तिमी मुग्लान मा छौ,
सम्झना छ ?
नजाउन भनि बिन्ती कति गाएको थिए !!

मन खत्री (सागर )
२०७७-३-१०

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →