कविता :- गल्कोटे आमा आजितै भैइन- ??

हरिलाल शर्मा

गल्कोटे आमा आजितै भैइन सन्तान देखेर ।
सन्तानले त्यहाँ टेर्न नै छाडे आमालाई हेपेर । १ ।?

छोरा र छोरी चक्-चके परे उपद्रो गर्दछन् ।
कहिली काहीँ लुगा नै च्याती आपस्मा लड्दछन । २ ।?

छोरीले खोज्छे त्यो नीलो तस्बिर छोरा नि उस्तैछ ।
घरको धन्दा नगर्ने कोही जस्ताको तस्तै छ । ३ ।?

बाबाका राम्रा पुस्तक जति उनले जलाए ।
घरमा हैकम उत्तौला केटा केटीले चलाए । ४ ।?

आच्मानी टिपी छोराले त्यहाँ पुलाउ खाँदैछ ।
घरको काम पटक्कै छुन्न डिस्कोमा जाँदैछ । ५ ।?

नियमको बन्धन अनुशासन पनि हराउँदै गाको छ ।
बिनासै हुने समय आए जस्तो पो लाको छ । ६ । ??

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →