काठमाडौं उपत्यकामा थप ९ जना को*रोना संक्रमित फेला परेका छन् ।
काठमाडौंमा ४, भक्तपुरमा ४ र ललितपुरमा १ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको छ ।
नेपालमा को*रोना भा’इरस (कोभिड- १९)बाट संक्रमित हुनेको कुल संख्या भने ११ हजार १६२ पुगेको छ ।
पछिल्लोपटक ४ सय ३४ जनामा संक्रमण देखिएको पुष्टि स्वास्थ्य मन्त्रालयले बिहीवार गरेको छ ।
कुल संक्रमितमध्ये २ हजार ६ सय ५० जना अस्तालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा २ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।
संक्रमितमध्ये २६ जनाको मृ’त्यु भएको छ । पछिल्लोपटक २ जनाको मृ’त्यु भएको प्रवक्ता गौतमले बताए ।