२२ दिअघि जुन युवतीलाई बेहुली बनाएर युवकले लिएर आएका थिए उनी फरार भएकी छिन् ।
ती बेहुलीले रातमा पतिलाई दूधमा देसी घिउ हालेर खुवाएकी थिइन् । दूध पिउनासाथ पति निदाए ।
त्यसपछि पत्नी घरबाट फरार भइन् । रातभर पति बेहोसीको हालतमा रहे । बिहान ७ बजे आँखा खुलेपछि बेडबाट उठ्नासाथ चक्कर लाग्यो र भुइँमा लडे । परिवारका अन्य सदस्यलाई बोलाएपछि परिवारले उनलाई गम्भीर हालतमा अस्पतालमा भर्ना गरे ।
डाक्टरका अनुसार युवकलाई दूधमा मिसाएर नशाको भारी डोज दिइएको थियो ।
युवकले सदर थानामा उजुरी दर्ता गराएका छन् । घटना भारतको हरियाणा राज्यको यमुनानगरको हो ।
ती युवकको तीन महिनाअघि विवा पक्का भएको थियो । २० अक्टोबरका दिन उनको विवाह भयो । बिहेपछि सबै ठिक चलिरहेको थियो । आइतबार राती उनकी पत्नी २ गिलासमा दूध लिएर आइन् । उनले भनिन् कि दुवैले सँगसँगै दूध पिउँ ।
उनले दूधमा देसी घिउ हालेकी थिइन् । युवकका अनुसार उनले त दूध पिए तर पत्नीले पिइनन् ।
युवकले दूधमै नशालु पदार्थ मिलाइएको आरोप लगाएका छन् ।
यही कारण उनकी पत्नीले दूध नपिएको उनी बताउँछन् । उनकी पत्नीले २५ हजार नगद, करिब डेढ लाख रुपैयाँ बराबरका गहना र उनको मोवाइल लिएर गएको युवकले बताएका छन् ।
भाइटीकाकै बेला ती युवतीले फरार हुने योजना बनाएको आशंका छ । भाइटीकामा माइतीका व्यक्तिहरु आएका बेला युवतीले आफ्ना शैक्षिक प्रमाणपत्र लगायतका कागजात मगाएकी थिइन् । त्यतिबेला भने आफूले उनको योजना बुझ्न नसकेको युवक बताउँछन् ।
उता युवतीका माइतीले भने युवकको परिवारले नै आफ्नी छोरी गायब पारेको आरोप लगाइरहेका छन् । एजेन्सी