पद्यमावतीको पत्र

मन खत्री (सागर)

स्वर्गवासी प्रिय अंगराज कर्ण,
आज हस्तिनापुर रज्यमा हुँदै गरेको अस्वमेद्य यज्ञको तयारिमा मेरो भेट यज्ञशैनी अर्थात मेरी देवररानी द्रौपती सँग भयो ।

कौरवहरुको भरिभराउ राज सभामा भएको उनिप्रतिको दुव्र्यव्यहारमा हजुरको सहभागिता र हजुरले प्रयोग गरेको शब्द ‘वेश्या’ का लागि मैले हात जोडेर क्षमा याचना गरें । सायद यो नाता यस्तो छ भन्ने थाहा पाएको भए, हजुरजस्तो परमबीर, दनबीर धर्मात्मा बाट यो गल्ति पक्कै हुने थिएन । जे भयो भ्रमले भयो ।
हजुरको तर्फबाट राखेको मेरो क्षमा याचना सहन नसकेर यज्ञशैनी असाध्यै रोईन । उनको स्वयम्बरमा उनको परिवार बाट गरिएको निन्दा र उनिबाट गरिएको तिरस्कारका लागि उनि असाध्यै भावुक बनिन र भनिन, “त्यसको लागि मैले को सँग क्षेमा मागौँ रु” उनका आँशुले उनको स्वयम्वरको मात्र होइन, उनलाई सायद त्यो भन्दा अगाडिका कुराहरुको पनि याद दिलाए जस्तो लाग्यो । मलाई थाहा छैन हजुरहरुको भेट कतै भएको थियो या थिएन !
मेरो भेट हजुर सँग काशीको जंगलमा भएको थियो । लेखिएको कुरा भनेको सायद यस्तै हुन्छ होला ; राजकुमारी अशावरीलाई अपहरण गर्न आएका अपहरणकारीहरुलाई तपाईकै हात बाट मर्नलेखेको रहेछ । त्यहाँ ति छ जना मात्रै मरेनन तँपाईले बचाएको अर्को एक जना पनि म¥यो; म । फरक यत्ति हो, ति छ जना परलोकका लागि मरे र म हजुरकालागी मरें ।
मेरो कुटीमा तपाईको औषधी उपचार गर्दा तपाईको बोली, तपाईको हेराई, त्यो जिउडाल र संवेग साच्चिकै सम्झन लायकको थियो । मलाई के थाहा तपाई अंगको राजा हो भनेर ! सायद त्यो थाहा पाएकि भए म जस्ती सुत पुत्रीले तपाई जस्तो राजालाई किन मन पराउँदी हुँ ! मैले सेवा मात्रै गर्ने थिएँ । जव तपाई कर्णहो भनेर सवैले चिने, सबैको मुट“ थर्कमान भयो । महाराज चित्रवत बाट दरवारमै वोलवट भयो । हजुर जानु भयो ।
त्यहाँ तँपाइको भव्य स्वागत गरियो, मलाई आनन्द लाग्यो । दुइ चार दिन भएपनि हजुर त्यहिँ बस्ने हुनुभयो मलाई झन खुशी लाग्यो । आखिर मैले मन पराएको मान्छे त हो नि हजुर ! मैले देख्न पाउने भएँ !
मैले हजुरलाई देख्नैको लागि पनि कति प्रयासहरु गरें त्यो यहाँ वर्णन गरिसाध्य छैन । तर जुन दिन तँपाई अशावरी सँग टाँसियको र प्रेममा लिप्त भएको देखें म फेरी अर्को पल्ट मरें । त्यो दरवार थियो र मेरो घाँटीमा तरवार थियो । त्यसैले मैले केहि बोलिन । देखेर पनि नदेखे जस्तै गरें । रोएर पनि अशावरी सँग हाँसेर बोले ।
म त दाशी उनले सबैकुरा म सँग खुलेर भनिन तर मैले कस्लाई भन्नु रु म बेलुका कुटीमा फर्किन्थे र धित मरुन्जेल रुन्थे र विहान फेरी हाँस्दै दरबारमा जान्थे !
पछि जुनदिन तपाईको स्वयम्वरको कुरा चल्यो अशावरी सँग र पनि म खुशी थिएँ । सोचेकि थिए पक्कै दाशी भएर सेवका लागि अंग जाने मै त हुँलानि ! जे होस हजुरलाई देख्न मात्रै भएपनि पाइरहने भएँ ।
अपसोच ! त्यस्तो प्रेम जातिएताका कारण टुक्रियो । सुत पुत्र भनेर हजुरलाई त्यत्रो राज सझाका विचमा होच्याईयो र स्वयंवरमा भाग लिन पनि दिईएन । ठुलाबडा र हुनेखानेहरुको प्रेमको अर्थ हजुरले स्पष्टै देख्नु भयो !
थाहा रैछ त मेरो आखामा को छ, के छ र कति छ भनेर तर तपाईपनि पाए सम्म अशावरीकै लागि मर्नु भयो । अखिर जति पवित्र भएपनि खुल्ला मनले म जस्ता दाशीहरुको प्रेमको स्वागत कस्ले कहिले पो गरेको छ र हैनर रु एउटै वेदव्यास बाट जन्मिएका धृतराष्ट्र अन्धो भएपनि राजा भए, विदुर जति बुद्धिमानी भएपनि जीवन भर सेवकनै रहिरहे ! विउ एउटै भए पनि व्याडले कति फरक पार्दो रहेछ हेर्नुसत !
भन्छन कसैको अपकार कसैका लागि उपकार हुन सक्दछ । रक्षानमा उम्रेको झार पनि फुलेपछि मन्दिरमा पुग्न सक्दछ । मलाई त्यस्तै भयो; अशावरीको तिरस्कार, काशी नरेशको अहंकार र हजुरको आवेश मेरालागि फलिफाप बन्यो । त्यो क्षणले मलाई हजुरकी पत्नी बन्ने अवसर दियो । म नियति प्रति ऋणी बने ।
मैले आफुले अफैलाई विश्वासै गर्न सकिन– मेरो मुटुले छाति फुट्ने गरि हिर्काउन थाल्यो, आँखा वर्षे झरिझै रसाएर आए, खुट्टा लकलक काँपे, ओठ सुके । त्यत्रो स्वयम्वर सभामा हजुरले मेरा आँखा सँग आँखा जुधाएर त्यो रिसको आवेगमा ‘के तिमी मलाई मन पराउँछ्यौ रुु भनेर सोध्दा ति आँखाका तेजले मलाई झण्डै बेहोस बनायो, मैले टाउको मात्रै हल्लाउन सके । ‘त्यसो भए यो स्वयंम्वरको माला यो घाँटीमा लगाईदेउ’ भन्दा म लत्रेको कर्कलो जस्तै भएँ । तँपाईको स्पर्शनै शरिर जिरिङ्ग पार्ने खालको थियो !
प्रिय विजयधारी हजुरले मलाई कुरुक्षेत्रको इतिहासमा जिउँदो बनाइदिनु भयो ।
वारवार वृषकेतुले भन्छ– ‘विगतले चोट मात्रै दियोु मैले सम्झाएर भन्छु ‘जे दियो हामीलाई विगतले दयो ।ु विगतमा तपाई प्रति त्यो व्याबहार नगरिएको भए म कसरि हजुरकी अर्धाङ्गीनी हुँदिहुँ ! हजुरनै जेष्ठ पाण्डवभएर सिंहासनमा बस्नुहुने थियो हाम्रो भेटनै असम्भव थियो । वृषकेतुको जन्मपनि त असम्भव थियो ! हैनर रु
प्रिय सुर्य पुत्र, मलाई थाहा छ यो धर्तीमा जन्म लिएर आए पछि यदि कोहि सबै भन्दा बढि ठगिएको छ भने त्यो तपाई हो । तर तँपाईको इतिहास सुनेर, म चाहान्छु, मान्छेहरुलई नैराश्यता र बैराग्यता होइन, बाँच्ने प्रेरणा मिलोस । आफ्नै जन्म दिने आमा र भगवानले समेत जानिजानि ठगेको तँपाई सुतपुत्रको इतिहास अरु सबैका लागि उदारण बनोस् !
प्रिय बासुसेन,
हस्तिनापुर जान हामीलाई लिन भनि सासु कुन्ती आफै आउनु भएको थियो । वृषकेतुले धेरै चित्त दुखायो उहाँले हजुर प्रति गरेको व्याबहार सम्झेर । उसले आफ्नी हजुरआमालाई ढोग सम्म पनि गर्न मानेन । मैले हजुरको नाम लिएर उसलाई सम्झाई फुलाई गरेपछि उसले ढोग ग¥यो र हस्तिनापुर जान राजी भयो ।
जव हस्तिनापुरमा उसको भेट आफ्ना काकाहरु सँग भयो तवत के चाहियो, त्यहाँ रुवाबासीनै चल्यो । वृषकेतुको अनुहार देखेरै युधिष्ठिरले उसको गाला छाम्दै रुँदै अंगालो मारे, ‘मेरो रगत ! मेरो दाजु !ु धेरै बेर यहि शब्द दोहो¥याई रहे । र हिक्क हिक्क गर्दै भने, ‘अव तिमी यहाँ बाट जान पाउँदैनौ । यो राज्य तिमीले सम्हाल्नु पर्छ ।ु
सवैभन्दा बढि अर्जुन रोए । उनले रुँदै रुदै वृषकेतुलाई अँगालो हालेर कसम खाएर भने, ‘यदि कर्ण मेरो दाई भन्ने थाहा पाएको भए मैले बरु मर्ने थिएँ तर वाण चलाउने थिइन । जेठो छोरो वृषशेन संग अभिमन्यु बदला लिने थिईन । द्धवैपात, सत्रुञ्जय र वनसेनले पनि मर्नु पर्नेनै थिएन ।ु
त्यसै गरि भिमले सुसेनलाई मारेकोमा र नकुलले सत्यसेन र चित्रसेनलाई मारेकोमा पनि धेरै पश्चाताप गरे ।
द्धवन्दको संघारमा हजुरले मलाई अपनाउनु भयो र युद्धको संघारमा पुरै नौ भाई छोराहरु सहित हजुर कुरु क्षेत्र तिर लाग्नु भयो । बाँकि समय पुरै राजकाज र दुर्योधनका लागि सुम्पिनु भयो । साथित्व होस त हजुर र दुर्योधनको जस्तो । द्रौपद र दोर्णाचार्यको जस्तो मित्रताको के अर्थ !
भलै मैले सँगै बसेर हजुर सँग धेरै गफ गर्न पाईन तर पनि दुर्योधनलाई दिएको हजुरको साथ र हजुरकी माता राधा प्रतिको आस्थाको म कहिल्यै तारिफ गरेर थाक्ने छैन ।
वृषला दिदी पक्कै हजुर संग संगै हुनुहुन्छ होला । उहाँ हजुरकै चितामा बसेर सती जानुभएको थियो । सुप्रिया दिदी र उर्भी दिदी बैराग्तामा लाग्नु भयो । मैले यहि वृषकेतुलाई सम्हालेर बसेँ । उर्भी दिदीले भन्नुहुन्थो, ‘उहाँकी आमा र हजुरकी जन्मदिने आमा, कुन्ती बच्चै देखिका साथी साथी हुनुहुन्थ्यो रे । उहाँकी आमालाई छोरीको विहे अर्जुनसँग होस भन्ने चाहाना थियो रे तर जव दिदीले द्रौपतीको स्वयंवरमा हजुरलाई देख्नु भयो तव त उहाँले जीवनमा प्रतिज्ञानै गर्नु भएछ – यदि विहे हुन्छ भने कर्ण संग हुन्छ नभए जीवनभर कुमारीनै बसिन्छ !ु
उहाँको प्रतिज्ञा सफल भएछ । र उहाँ अहिले पनि हजुरकै नाममा बैराग्मा हुनुहुन्छ । मिल्छ भने स्वर्गबाट दर्शन प्रदान होस स्वामी !
प्रिय दानबीर,
इतिहासले हजुरलाई कति ठग्यो । त्यो यहाँ लेख्नै पर्छ । आफुले गल्ति नगर्दा नगर्दै पनि कति घटनाहरुको दण्ड आफुले भोग्नु पर्छ र इश्वर पनि कहिलेकाहिँ कति अवुझ र पक्षपाती हुन्छन भन्नेकुरा यहाँ खुलाउनै पर्छ । र आउँदा दिनमा इश्वरले पनि आफ्ना गल्ति सच्याउनु पर्छ । होइन भने इश्वर प्रति मान्छेको विश्वास, आश्था र श्रदा घट्न सक्छ । यदि दुर्योधन नभईदिएको भए हजुरको अस्तित्वनै सुन्य हुने रहेछ ।
सुरसेन कि छोरी पृथा लाई ऋषी दुर्वाशाले दिएको शिद्धि मन्त्र अर्थात वशिकरण मन्त्र तपाइका लागि भारि बन्यो । त्यो भर्खरको जवानी उमेरमा रापिलो सुर्यको ताप विसाउने ठाँउ कुन्तीले अन्त कतै केहि नपाएर हजुरलाई आश्वन्दि खोलामा बगाईदिनु भयो । त्यो जाडो मौसममा भर्खर जन्मेको नावालक मेरो कर्ण हजुरलाई कति चिसो भयोहोला । आश्वन्दि खोला बाट बगेको हजुरको यात्रा यमुना नदी हुँदै गंगा सम्म पुग्दा त्यो कोक्रो भित्रको हजुरको रुवाई कसैले सुनेन । धन्न अधिरथ नन्दन भेटिए र राधा सम्म पु¥याईदिए ।
कुन्ती जस्तै आमाहरुका कारण भविश्यमा महिलाहरुलाई धेरै होच्याइने छ । र राधा जस्तै आमाहरुका कारण महिलाहरुलाई पुजिने छ । धन्न सुर्यदेवले हिड्ने बेला कानमा कुण्डल र छातिमा कवज पहि¥याईदिएर एउटा टिपुवा बाउको जिम्मेवारी पुरा गरे । नत्र उतिबेलै हजुरको मृत्यु निश्चित थियो । ।
प्रिय सुत पुत्र मेरा पति,
तँपाईले आफ्नी जन्म दिने आमा चिन्नुनै तपाईकालागि लँडाइमा अभिसाप बन्यो । वासुदेव कृष्ण त्रिलोकपती भएर पनि घुमाउरो पाराले हजुर सँग छलि गर्नुभयो । हजुरलाई आफ्ना भाईहरु चिनाएर आफ्नो आत्मवल कमजोर बनाइदिनु भयो र भाईहरुलाई दाजु नचिनाईदिएर कुरु युद्धको आधा जित पाण्डवहरुको हातमा उतिबेलै हाल्दिनु भयो । त्यसै माथि त्यो युद्धको महासंग्राममा हजुरले पुजा नसक्दै भेष बदलेर कुन्ती आएर आफ्ना सन्तानहरुको जीवनदानको याचना गर्नुभयो ।
जे होस हजुरले चिन्नु भयो । यस्तो पनि हुँदो रहेछ, एउटी आमालाई आफैले जन्माएका फरक फरक सन्तानहरुको फरक फरक जस्तै माया लाग्दो रहेछ । यसले कलियुगमा आमा प्रति विश्वाश घटाउन सक्छ ।
हे नाथ, हजुर पर्नुभयो संसारमै कतै नभएको दानबीर जसले जे माग्यो त्यहि दिने । त्यति दिदाँ पनि नपुगेर अन्तमा स्वर्गको राजा इन्द्रै मगन्ते ब्रम्हाण बनेर आएर कवच र कुण्डल मागेर लगे । देवताहरु बाटै यसरि ठगिनु कति सम्मको न्याय हो त्यो मैले बुझ्न सकिन ।
हजुरले बनाउन खोजेका गुरुहरु द्रोणचार्य र कृपाचार्यले त हजुरको अपमान गरे गरे । कति सम्म भने आफ्ना चेलाहरु सँग संगै बसेर प्रतिश्पर्धा सम्म पनि गर्न दिएनन । तैपनि हजुरले हरेस खानु भएन । परशुराम शरणमा जानुभयो । परशुराम भनेका विष्णुका अवतार ! विष्णु यो लोककै पालन कर्ता । उनले बाहेक यो लोकको बारेमा पुर्ण जानकारि कसले राख्न सक्ला रु
हजुर कुन जातको, कुन वर्ण र कुन गोत्रको भन्ने कुरा त परशुराम आफैले पहिलो भेटमै चिन्नु पर्ने ! के भगवानलाई पनि हामीले सम्झाउनु पर्छ र रु भगवानले पनि मान्छे चिन्न सक्दैनन भने अरु कस्ले चिन्छन त ! तँपाई सुुर्य र कुन्ती पुत्र हो भन्ने कुरा उनले आफै जान्ने कुरा हो तर जानेनन । त्यत्रो मेहनत गरेर सिककेको ज्ञान र सीप अन्तमा गएर एउटा श्रापले अन्त्य भयो । आफ्नै चेलाको अवनति चाहाने गुरु के गुरु रु आफ्नै चेलाको पुर्ण विवरण लिन नसक्ने भगवान के भगवान रु भेट्न पाए सोध्न मन छ मलाई । तर वसुदेव कृष्णले यसको उत्तर कहिल्यै दिएनन मलाई ।
अभिमन्यु वध भगवानले स्पस्टै देखे तर वर्वरिकले ध्यान गर्दै गर्दा सकुनिको जालमा परि दुर्योधनले मार्नै आटेका थिए जंगलमा त्यति बेला ध्यानमा बसेको निहत्थालाई मार्नु अपराध हो भनेर रोकेको वासुदेवले पनि देखेनन । हजुरको बुवा अधिरथ नन्दनलाई हस्तिनापुरको राज सभामा भिमले कुकुरको संज्ञा दिएर व्याइजेत गरे त्यो पनि देखेनन भगवानले । काम्पिल्यको दुव्र्यवहार, काशीको दुव्र्यवहार र हस्तिनापुरको दुव्र्यवहारको कसैले केहि क्षेति ब्यहोर्नु नपर्ने तर हजुरले एक बचन बोलेको शव्दको यति ठुलो क्षति ब्यहोर्नु पर्ने । यो कस्तो न्यायलय हो भगवानको ! मैले बुझ्न सकेकि छैन ।
हे राधे,
मैले सुनेकि छु, स्वर्गमा पनि हजुर प्रति केहि दुव्र्यवहारहरु गरिदै छ रे । खानाको ठाउँमा सुन, चाँदी र हिरामोती टकारिन्छ रे जुन न चपाउन मिल्छ न निल्न सकिन्छ ।
यति सुन्दा सुन्दै पनि, हे परशुराम शिष्य, म आज छोरो वृषकेतुलाई लिएर अश्वमेद्य यज्ञमा भाग लिन हस्तिनापुर आएकी छु । हजुर एक धर्मको धरोहर हुनुहुन्छ । प्रेम, जीवन, कर्तव्य, निष्ठा, नैतिकता र साथित्वको अकल्पनिय उदरण हुनुहुन्छ । यस्तो अवस्थामा सासु कुन्ती आफै अंगदेश आएर माफि माग्दै पारिवारिक पुनर्मिलनको भिक्षा मागेपछि दानबीर कर्णको अर्धाङ्गिनी भएको नाताले पनि मैले नाई भन्न सकिन ।
हे नाथ, अन्तमा हजुरको आत्माले शान्ती पाओस ! फेरि यसरि आफै सकिने गरि हुने पारिवारिक झगडाको अन्त्य होस् । महाविनासकारि युद्धको अन्त्य होस् । यो अश्वमेद्य यज्ञले पुन पृथ्वीमा सदाका लागि शान्ती ल्याओस् ।
ॐ राधे राधे राधे ,२०७७–३–११

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →