र्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको ह*त्या प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सकाएको छ ।
प्रहरीले घटनासँग जोडिएका सबै मानिसहरू र तत्वहरूको सुक्ष्म तरिकाले अनुसन्धान गरेर सकाएपछि अनुसन्धानको पाटो सकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताए ।
‘हामीले हरेक कोणबाट घटनाको सुक्ष्म अध्ययन गरेर अनुसन्धानको पाटो सकाएका छौं,’ एसएसपी राईले लोकान्तरसँग भने, ‘घटनाको दिन बिहानदेखि घटना हुनुभन्दा अगाडिसम्म र सम्पर्कमा रहेका सबैलाई अनुसन्धानको दायरामा ल्याएर अध्ययन गरेका थियौं ।’
प्रहरीको अनुसन्धानले मुनाको ह*त्यामा तेस्रो पक्ष संलग्न भएको नदेखिएको निष्कर्ष निकालेको छ ।
घटनाको दिन विजय चौधरीको क्रियाकलाप र उनले प्रयोग गर्ने मोबाइललाई फरेन्सिक ल्याबले गरेको अनुसन्धानलाई केलाउँदा पनि कुनै तेस्रो व्यक्तिसँग सम्पर्क नदेखिएको एसएसपी राईले बताए ।
‘बिहान ५ बजे गेटबाहिर दूध लिन गएदेखि विजयले किचनमा टोलाएकोसम्म पनि अनुसन्धान गरेका छौं,’ एसएसपी राईले भने, ‘मुना र विजयको मोबाइलको फरेन्सिक जाँचको नतिजा हेर्दा अन्य व्यक्तिको संलग्नता देखिँदैन ।’
प्रहरीको अनुसन्धान सकिएसँगै मुना ह*त्या प्रकरणको च्याप्टर क्लोज भएको छ ।
पोस्टमार्टमा हेर्दा विजयले घाँटीमा पासो लगाएको देखिएको छ भने भिडियोलगायत अन्य प्रमाण हेर्दा मुना कार्कीको ह*त्या विजयले नै गरेको देखिएको र अन्य अनुसन्धानको पाटो सकिएकाले यस ह*त्या प्रकरणको च्याप्टर क्लोज भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए ।
‘पोस्टमार्टममा ह्यांगिङ देखिएको छ भने भिडियोमा विजयले नै ह*त्या गरेको देखिन्छ, यसले अन्य कुनै तेस्रो व्यक्तितर्फ इंगित नगरेपछि मुना ह*त्या प्रकरणको च्याप्टर क्लोज भएको छ,’ डीएसपी तामाङले भने ।
ह*त्या किन भयो ? केका लागि भयो ? भन्ने कुरा विजय चौधरीले आ’त्मह’त्या गरेसँगै मरेको तामाङले बताए ।
विजयको मोबाइलमा २ वटा भिडियो
प्रहरीले फरेन्सिक ल्याबमा गरेको अनुसन्धानमा विजयको मोबाइलमा २ वटा भिडियो र केही व्यक्तिगत फोटाहरू भेटिएका छन् ।
थारू गीतमा विजयकै आफन्त युवती नाचेको एउटा र विजयसहित अन्य २ जना केटाहरू नाचेको अर्को भिडियो छ ।
यसका अतिरिक्त उनका व्यक्तिगत फोटाहरू, ८/१० वटा ट्रोलका फोटाहरू तथा एउटा अर्जुन कार्की र उनका छोराको एउटा फोटो भेटिएको प्रहरीले जनाएको छ ।
मुनाको मोबाइलमा पारिवारिक फोटाहरू मात्र
मुना कार्कीले बोकेको मोबाइलमा अधिकांश आफ्ना फोटा र केही पारिवारिक फोटाहरू भेटिएको प्रहरीले जनाएको छ ।
मुनाले आफ्नो मोबाइलमा क्लोजअप फोटाहरू राखेकी छन् भने श्रीमान् अर्जुन कार्की, छोरा र अन्य पारिवारिक फोटोभन्दा अरू केही पनि नदेखिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
यौ’न इ’च्छा अपराधको कारण !
प्रहरीले मुना ह*त्या प्रकरणमा सीसीटीभी फूटेज र घटनाको प्रकृति हेर्दा विजयले नै ह*त्या गरेको निकर्ष निकालेको छ ।
अरू तेस्रो व्यक्तिको संलग्न नदेखिएकाले पनि विजयले नै ह*त्या गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
‘सबै घटनालाई गहिरो प्रकृतिले हेर्दा विजय युवावस्था पुगेपछि उसमा यौन इच्छा बढेको, अन्य केटीहरूसँग सम्पर्क बढाउन मन लाग्ने जस्ता क्रियाकलापहरू स्वाभाविक रूपले देखिन्छ, तर अर्जुन कार्की र मुना कार्कीले सानैदेखि परिवारकै सदस्य मानेकाले केटीहरूसँग फोनमा कुराकानी गर्दा गाली गरेकै कारणले यो घटना हुन पुगेको भन्ने अनुमान पनि लगाउन सकिन्छ,’ ती प्रहरी अधिकृतले भने ।
‘अनुसन्धानमा कुनै त्यस्ता ठोस प्रमाण नदेखिएपनि सानैदेखि त्यहीँ बसेको र घरबाहिर खासै जान नपाउने भएकाले युवक अवस्थामा आउने स्वाभाविक प्रतिक्रियालाई सम्हाल्न नसक्दा घटना भएको देखिन्छ,’ ती अधिकृतले लोकान्तरसँग भने ।
विजयलाई कार्की परिवारको अत्यधिक विश्वास
अर्जुन, मुना र कार्की परिवारले विजयलाई अत्यधिक विश्वास गर्ने गरेको देखिएको छ ।
विजयलाई कार्की परिवारले कार चलाउन सिकाएर उसलाई लाइसेन्स समेत निकालिदिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।
यति मात्र होइन आफ्नै छोरासरह नै उसलाई घरमा सुत्ने कोठा उपलब्ध गराएको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले बताए ।
विजयले पनि अर्जुनका छोरालाई निकै माया गर्ने गरेको देखिएको छ ।
विजयको मोबाइलमा समेत अर्जुनका छोराको फोटो भेटिनु र अन्य छरछिमेकमा मानिसहरूले भनेको कुराले पनि यसलाई पुष्टि गरेको ती प्रहरी अधिकारीले बताए ।
विक्रम संवत् २०७६ माघ २७ गते बिहान ११ बजेर २० मिनेटमा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा उनकै घरमा भेटिएकी थिइन् । उनलाई टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो ।
सानेपास्थित स्टार अस्पतालमा पुर्याएपछि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
उनकै घरमा काम गर्ने विजय चौधरी घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
दुवैका शव आ-आफ्ना परिवारले बुझेर दाहसंस्कार गरेका थिए ।