पदम थापा
कस्ले पुर्याईदिन्छ मेरो खबर आमालाई
मुटुमाथि बज्रपात परेको प्रहर आमालाई ।
सपना ढल्यो, विपनाले छल्यो कठै दैव
कस्ले देला बुढेसकालमा भर आमालाई ।
नजा भन्नुहुन्थ्यो नटेरी नटेरी बाहिरिए
थियो फर्केर आउदैन भन्ने डर आमालाई ।
सुख दिने सन्तान दुख मात्रै दिएर गयो
पहाडले थिचेजस्तो लाग्दोहो घर आमालाई ।
बाले रङ्ग खोस्नुभो, मैले थोरै बचेको आसा
कालले लगेन संगै पिडामा बाच्नुपर्ने कर आमालाई ।।