असार पन्ध्र-झ्याउरे(असारे)
*********************************
असार पन्ध्र दही र चिउरा खानु भो भा छैन ।
खाएर मानो उब्जाउने मुरी थाहा छ थाहा छैन । १ ।?
हिलोमा धान रोपेर छाडी आएर गोड्ने हो ।
असारे झरी बर्सिँदा खेरी खै के पो ओढ्ने हो । २ ।?
हिलोले छ्यापी खेतमा खेल्ने हामीले गरेको ।
लगाको बस्त्र टाँसिदा खेरी भुतुक्क परेको । ३ ।?
सम्झना मनमा आएर यहाँ कुत्कुती लगायो ।
कल्पना मात्रै गरेर पनि मननै अघायो । ४ ।?
हिलोमा खेल्ने सँगिनी आजकल के गर्दै होलान नि ।
बाडुल्की लाग्दा सम्झियो मलाई भन्दै पो होलान नि । ५ ।?
बिधीले मलाई पछारिकन कुनामा थन्कायो ।
सम्झना मात्र मनमा रह्यो त्यसैले मन खायो । ६ ।?
कुनै दिन फेरि घुमेर आउला रोपाईं गरौला ।
बढेको खोला पिठुयुमा बोकी तिमीलाई तारौँला । ७ ।?
मायालु मेरी परखेर बस आउनेछु कुनै दिन ।
मनको तृष्णा बेसरी मेट्छौं मिलन हुने छिन । ८ । ??
*********************************धन्यवाद ।
हरिलाल शर्मा
(हाल :- अमेरिका )