गजल

असार १५ विशेष

असारै मास भेट भयो मेरो सान्नानी सित हो,
थाहाछैन पुरै जवानी अब जानी को सित हो !!

पिडौला सम्मै आउने त्यो पानी कति भाग्यमानी,
आफुले हेरि र्याल काड्नु पर्छ उ छुन्छ जवानी !!

त्यसैत हिलो त्यै माथी पानी निम्ताउछे सान्नानी,
खास्टोले मुख छोपेर आखा झिम्काउछे सान्नानी !!

आलिमा कोदाली बिसाइ यसो भेटौकि झै लायो,
रोकेर गोरु उसैको प्यास लौ मेटौकी झै लाग्यो !!

हिलाले हान्दै पछाडी बाट न’था’ पाए झैं पारी,
लोभ्यौछे मलाई पिडौला माथी सारेर त्यो सारी !!

छपक्कै बीउ उम्रेको उसको छिप्छिपे ब्याडको,
छेउकुना खन्ने मै बाउसे बनौं छिमेकी आडको !!

मन खत्री (सागर)
२०७७-३-१५

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →