गजल

लक्ष्मी गौतम ,काठमाडौँ

किन मिठा याद बनि आइरहेछौ तिमी
मेरो मनको मझेरीमा छाइरहेछौ तिमी

जति टाढा त्यति नै धेरै माया गाडा हुन्छ
सम्झनाको मधुर गीत गाइरहेछौ तिमी

साच्चै भन्दा दुर क्षितिज पारी बसेर पनि
मेरो मन मस्तिष्क छुन धाइरहेछौ तिमी

के दिन सक्छुर म केहि छैन दिउँ जस्तो
कैले तिर्न नसक्ने गुन लाइरहेछौ तिमी

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →