बागलुङ- जिल्ला सदरमुकाममा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई सुख दुःखमामा सधै साथ दिँदै आएको छ । सहकारीको “सुखमा पनि निलगिरी र दुःखमा पनि निलगिरी” कार्यक्रम अन्तरर्गत सहकारीले आफ्ना शेयर सदस्यका आफन्तको दुःखद निधन प्रति समवेदना प्रकट गर्नुका आफन्तलाई राहत प्रदान गरेको छ । सहकारीले मंगलबार बागलुङ नगरपालिका–१३ पैयुँपाटा, सिम्ले निवासी आफ्ना शेयर सदस्यहरु भुमिराज शर्मा, मायादेवी सापकोटा र विष्णु माया भट्टका पुजनिय पिता नारायणदत्त शर्माको निधन प्रति दुख व्यक्त गर्दै परिवारलाई हार्दिक समवेदना तथा मृत आत्माको चिरशान्तिको कामना गरेको छ ।
सहकारीका अध्यक्ष नारायण पौडेलको नेतृत्वमा संचालक समितिका पदाधिकारी र सदस्यहरु शर्माकै घरमा उपस्थित भै परिवार प्रति समवेदना प्रकट गरेको सचिव मिनबहादुर केसी मिलनले जानकारी दिए । नाताले सहकारीका अध्यक्ष पौडेलका ठुलाबाबु समेत रहेका स्व. शर्माको यही असार ८ गते ९० वर्षको उमेरमा असमाहिक निधन भएको थियो । शर्माका चार छोरी र १ छोरा रहेका छन ।
शर्माको नबौ दिनमा भएको श्रद्धान्जली कार्यक्रम संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो श्रद्धान्जली कार्यक्रममा संस्थाका सहसचिव गोविन्द्र बहादुर पौडेल, संचालक समिति सदस्य डिलप्रसाद शर्मा संस्थाका प्रवन्धक हेमचन्द्र रेग्मी र अन्य शेयर सदस्यको उपस्थिति रहेको थियो ।
श्रद्वाञ्जली सभामा सहकारीका सचिव केसीले समवेदना पत्र वाचन गरी परिवारलाई हस्तान्तरण गरेका थए । त्यसैगरी दुःखको बेलामा सहकारीले सामाजिक सुरक्षा कोषबाट अध्वर्दैहिक कर्मका लागि संस्थाको नियमानुसार पाँच हजार रुपैया हस्तान्तरण गरेको थियो । सहकारीले हरेक शेयर सदस्यलाई सन्तान प्राप्ती र शेयर सदस्यका आपन्त गुमाउँदा केही मात्रामा भए पनि राहत प्रदान गर्दै आएको छ ।