~डा. विदुर चालिसे
बर्थ-डेकाे रमझम र सिँगार पटारकाे साैन्दर्यमा झुम भएका राेमान्चित भीडमा ताेयानाथ नाचिरहेका थिए । एक अर्काेलाई निकै अादरसाथ व्यवहार गर्दै जीवन चलाइरहेका खानदानीहरू बिच एकाएक एक जनाले अपुष्ट समाचार भनिदिए ।
–“निर्मली त विरामी परिछ, अाउन सक्दिन रे !”
महामारी राेगकाे विगविगीका बिच सबैमा जिज्ञासा जुरूक्क उठेर अायाे। उनीहरू सबैले एउटै प्रश्न गरे ।
–“निर्मलीलाई के भएकाे रे ?”
समाचार सुनेर अाउने ज्ञान नाथ चुप लागे । उनले सबै कुरा भन्न चाहेनन् । उनी याे विषय नभन्न पनि सक्दैन थिए । भने पनि समस्याकाे विषय थियाे । उपस्थित सबै जनाले दाेहाेर्याइ तेहर्याइ साेध्न थाले । ज्ञान नाथ सबैकाे गनगन जिज्ञासाका अगाडि वाध्य थिए । उनले अनकनाउँदै भने ।
–“उसलाई काेराेना भाइरस भएकाे रे ! अस्पतालकाे बेडमा भर्ना गरिएकाे छ अरे !”
एकाएक रमझमकाे सबैकाे मानसिकता त्रास र शंसय मा परिणत भयाे । महामारीकाे विश्वव्यापी हल्ला एवं सन्त्रासले मान्छेहरूमा मनाेवैज्ञानिक अातङ्क थियाे । उपस्थित सबै जना पनि यसबाट अछुत थिएनन् ।
हतार हतार सबै जना बर्थ-डेकाे रमझम छाेट्याएर काेठामा पुगे । एउटाले बाटैमा हाच्छियुँ गर्याे । अर्की महिलाले ढाेकाबाट छिर्ने बित्तिकै शङ्का गरेर भनी ।
–“मलाई पनि काेराेना अायाे कि क्या हाे ?”
अर्काे एकजना माेटेले पार्टीबाट उठ्दाउठ्दै सबैलाई सुनाएर भन्याे ।
–“केक खाएकाे तुरून्तै टाउकाे रन्केर अायाे ।”
अर्काे तर्कालुले गम खायाे र अाफ्नाे भविश्य बाणी गरिदियाे ।
–“यै फुच्चीले अामा चाहिनेसँग सारेर अाइछ कि क्या हाे ? हट उता !”
मिलेर बसेका खानदानका परिवार एकाएक शङ्का र शंसयमा दाेषाराेपण गर्न थाले । विहान बेलुका पनि भेटघाट हुन छाेड्याे । उनीहरूमा निकै लामाे समय सम्म बाेलचाल पनि भएन । सामान्य उपचार पछि निकाे भएर एकदिन निर्मली बाटाेमा हिंडिरहेकी थिई । तिनीहरूले भेटेर पनि उसँग बाेलेनन् । उनीहरूमा निकै ठूलाे स्वास्थ्य अज्ञानताकाे शङ्का थियाे । निर्मलीलाई देख्नेहरू मानसिक सन्त्रासले झन भागा भाग गर्न लागे। सबैकी निर्मलीले चित्त दुखाएर भनी ।
–“के म पनि अछुत भएँ अब ?”
सबैले मुखमा मुखाैटाे राखेर तैं चुप मैं चुप भए पनि लज्जा बाेधले बर्बराए ।
–“भ्याक्सिन अाएपछि लगाउनु ल !”