काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा निधन भएको छ। ६६ वर्षीया छन्त्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । नेपाली काँग्रेसको तर्फबाट समानुपाति सांसद भएकी छन्त्याल सांसद छन्त्याल मुटु सम्बन्धी समस्याले करिब एक महिनादेखि अस्पतालमा उपचाररत थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. ३ बाट काँग्रेसको तर्फबाट निर्वाचित भै संविधान सभा सदस्य भएकी थिईन । छन्याल काँग्रेस बागलुङको सल्लाहाकार तथा महाधिवेशन प्रतिनिधि हुन । उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने क्षेत्रीय सभापति कुँवरले जानकारी दिए । मुटुमा समस्या देखिएको पछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागी हुन सकेकी थिइनन् ।