कविता :-तिमी र म

मन खत्री (सागर)

मर्नु भन्दा अगाडी बाँच्नु थियो,
त्यसैले म बाँचे,
मरेपछि पनि हाँस्नु छ,
त्यसैले म हाँसे,
बस!
मेरो हाँसो र तिम्रो हाँसोमा एउटै फरक छ,
तिमी हाँस्नको लाई हाँस्छौ,
म बाँच्नकोलाई हाँस्छु !!
पैसाको मुल्य फरक हो,
तिम्रो घडी र मेरो घडीको समय उहीँ हो,
गहिरो सागर शान्त हुन्छ,
भित्र धार कति छ,
डुब्नेलाई थाहा हुन्छ,
कार फरक भएर के भो ?
पुग्ने लक्ष एउटै हो,
खाट फरक भएर के भो?
सुते निद्रा उस्तै हो,
बस!
फरक यत्ति हो,
तिमी सुत्न्नकोलाई निदाउछौ,
म निदाउनकोलाई सुत्छु !!
प्रत्येक दिन बिहान,
तिमी नि कुदछौ म पनि कुद्छु,
बस!
फरक यत्ति हो,
तिमी रोग फाल्न कुद्छौ,
म पेट पाल्न कुद्छु !!
तिमी सुत्न्नकोलाई निदाउछौ,
म निदाउनकोलाई सुत्छु !!

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →