कविता :- म,असार र फूल

स्वर्णिम चाँदनी

मलाई सिमसिम त्यो झरी मन पर्छ,
मलाई कलकल त्यो झरना मन पर्छ

मलाई निथुक्क भिजाउने झरी होइन।
सिमसिमे पानी सहितको शितलता मनपर्छ,
असारे फूलका थुङ्गाहरूको मुस्कान मन पर्दछ
यी र यस्तै प्रकृतिमा आफूलाई पाउछु
यो शीर ओतमा राखेर
हातले बलेसीको पानी स्पर्श गर्दा,
साच्चै मन रोमांचित हुन्छ प्रफुल्लित हुन्छ।
यो झरीको सुलोलित संगीत,
साच्चै मन मोहक छ।
वरिपरि नियालीरहेकी छु-
रोपाहारले रोपेका मार्सी धानका बीऊ
यी मकैका फुलहरू,यी बनफसका फूलहरू
यो मौसम,यो झरी,यो बादल,
यो असार,यी कसार,यी भाकाहरू
आहा!
यो हरियालीमा म सुन्दरताको सातौ तलामा छु झै लाग्छ।
मानो रोपेर मुरी फलाउने असार,
दिनरात झरी,बादल,बर्षा प्रवाह नहुने असार।
यो आकाश ,पृथ्वी समुन्द्र र पवन
अनि यो जीवनरूपी बीणामा सुमधुर संगीत
लाग्छ,यो आकाश यो धर्ती
संगसंगै हिडिरहेकाछन्।
म पनि हातभरि सुनौला सुनको अपेक्षामा धानको बीउ लिएर
हिलोसंगै पौठेजोरी खोल्दैछु,
न यी हात थाक्छन्,न यी आखा
न कहिल्यै दुख्नेछन् झरीको संगीतले
यी कानहरू,
कर्म बिसाउनुछ,मंसीरमा पाउनुछ प्रतिफल,
म जीवनमा खुसीहरू ओत्छाएकी छु
बिसाएकी छु बोझहरू पनि,
मन लालयित छ यो असारमा र,
त्यहि असारे फुलमा।
त्यहि फूलले पिएको बेपरवाह झरीमा म आफूलाई समाहित गर्नुछ।
म असार र असारे फूललाई
मैले बाचिरहेको जीवनमा विचरण गर्नुछ,विचरण गर्नुछ।।।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →