कविता

एउटा झिनो अपेक्षा!
स्वर्णिम चाँदनी

मसंग तिम्रो सम्बन्ध गासिए पछि,
तिम्रो र मेरो सुखदुख साटिनु पर्थ्यो,

तिमीसंग ती हर बादलुका झोप्पाहरु छुन पाउनुपर्थ्यो,
तिम्रो स्पर्शले लहलह मेरा रहरहरु सल्बलाउन पाउनुपर्थ्यो!
हामी एकअर्कामा हातेमालो गर्दै,
प्रेमको वीज रोप्न र गोडमेल गर्न पाउनुपर्थ्यो,
बिना कुनै स्वार्थ,बिन सर्त,
गरेका गल्तीहरु माफीका लायक हुनुपर्थ्यो!
हामी हाम्रा आफन्तलाई पनि दुवैले
उत्तिकै माया,पानी,आकाश र बादल दिन पाउनुपर्थ्यो!
लालीमय उषासंगै उदाउन र सन्ध्यासंगै अस्ताउनु पनि त,
रीत हो दुनियाको बुझ्नुपर्थ्यो,
फेरि सुनौलो भोलीको कामना गर्न पाउनुपर्थ्यो!
लाग्छ,
मैले मेरो जीवन तिम्रो हातमा सुम्पिइसकेकी छु,
मेरा हर उडान र सपना भरेकीछु,
शंकामा कतै पखेटा दिन छुटाएकी छु र मैले??
अह! सवथोक दिएकीछु।
तिमीले पनि आफुसंग भएको जेजति समर्पण गरेकी छौ,
तर एउटा गनासो!!!
म तिम्रा हरेक सुखदुखमा साथ दिन सकु!
तिमीसंग जोडिएका रहरमा रमाउन सकु!
तिम्रा सबै आफ्नाहरुलाई पनि सम्मान गर्न सकु!
यसको लायक बन्न सकु!
मलाई जसरी खुसी मिल्छ त्यो गर्न सकु!
म तिम्रो भलाई चहान्छु हरपल,हरक्षण
तिमी र तिम्राहरुको-
म र मेराहरुको-र लागि
गर्न सकु जीवन्त प्रेम!
आखाहरु बाढी पसेका किनार जस्तै नहुन्,
मन र मुटु चट्याड्गले झस्काएको जस्तो नहोस्,
कहिल्यै सुन्न नपरोस्!
सिसा टुक्रिएको जस्तो आवाज-
हर सुनौलो बिहानीको कल्पना गर्न सकु,
अनि!
एउटा अपेक्षा पनि छ,
तिमीसंग जोडिएका खुसीमा रंग भर्न सकु र,
हर दुखमा मलम लगाउन सकु!
मैले जाने जति!मैले सके जति प्रेम गर्न सकु,
प्रेमले जिउन सकियोस्!
आफ्नै रफ्तारमा चलोस्
प्रेमको डुडं्गा
यहि अपेक्षा छ जुनी जुनी।।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →