क्वारेन्टाईनमा मृ’त्यु भएका युवामा को*रोना सं’क्रमण पुष्टी

बागलुङ- जिल्लामा को*रोना संक्रमणबाट एक युवाको मृ’त्यु भएको छ ।

ढोरपाटन नगरपालिका–४ खुंगास्थित छोरेगाउँ माविको क्वारेन्टाईनमा रहेका निसीखोला गाउँपालिका वडा नंं–२ का २९ बर्षिय एक युवाको मृ’त्यु भएको हो ।

आईतबार विहान मृ’त्यु भएका उनको को*रोना केही दिन अगाडी नै परिक्षणक लागि पोखरा पठाईएको थियो ।

जाँच पश्चात आईतबार साँझै को*रोना पोजेटिभ देखिएको र को*रोनाकै कारण मृ’त्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताए ।

मृतक युवा केही समय अगाडी भारतबाट आएरका थिए ।

युवालाई छाति र मृगौलामा समस्या थियो भने क्षयरोगको पनि संक्रमण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । मृतक युवाको शव नेपाली सेनाले व्यवस्थापन गरिसेकोको गुरौले जानकारी दिए ।

मृ’त्यु हुने युवा जिल्ला मै पहिलो हो र जिल्लामा हाल २०३ जनामा को*रोना पोजेटिभ देखिएको छ । यस सँगै नेपालमा को*रोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३५ पुगेको छ ।