कविता :-यात्रा

मन खत्री (सागर)

अनौठो यात्रामा,
तन्की रहेछ जिन्दगी,
ग्रहको वरिपरि पिण्डहरु जसरी,
जसको अन्त्य कहिल्यै आउदैन,

यो मान्छे,
जो सयौं बर्षको तयारी गरिरहेछ,
भोलि के हुन्छ पत्तै पाउदैन !!
लालसामा उत्सुक छ मान्छे-
केही गरेर देखाउन,
कान्ति छरेर देखाउन,
प्रतिस्पर्धाको यो दुनियाँमा,
सबै भन्दा माथी बढेर देझाउन !!
नाटक जीवनको प्रतिविम्ब हो,
जीवन नाटकझैं एक रहस्य हो,
हरेक घटनाहरूमा आहा! छ,
र,
ती घटनाहरु,
रहस्यमय हुनुमै मज्जा छ,
रहस्यले उत्सुकता बढाई दिन्छ,
र अति उत्सुकताले,
मान्छेलाई अन्धो बनाईदिन्छ !!
जगतको अन्धकार भन्दा,
जीवनको अन्धकार भयानक हुन्छ,
यतिबेला मान्छेले आफुलाई चिन्छ,
जतिबेला स्टेजको पर्दा खस्छ, नाटकको अन्त्य हुन्छ,
जुन घटनाले मनमा छुन्छ,
त्यसैले उसलाई महसुस हुन्छ,
आखिर संघर्स त यो नाटक रहेछ,
आफू नाटकको पात्र रहेछ,
र जीवन केवल यात्रा रहेछ !!
मन खत्री (सागर)
२०७७-३-२०

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →