काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, ५ नम्बर, गण्डकी, बागमती, २ नम्बर र १ नम्बर प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी राति पनि प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का धेरैजसो तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
भारी वर्षा हुने क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।