लघुकथा : जय शम्भाे !

~डा. विदुर चालिसे

प्रयाेगशालाबाट निसास्सिएर निस्किएका दि ग्रेट साइन्टिस्ट शर्माजीले चिसाेमा कठाङ्ग्रिएर लटपट गरेकाे भूईकाे विचराे गड्याैलालाई च्याप्प समातेर भने ।
–“किसानकाे मित्र हुँ भनेर फूर्ति गर्छस, तँ ?”

–“हाे हजुर, तर किसानहरू सहँदैनन् अनि हाम्रा सन्ततीलाई च्वाट च्वाट जमिन मै काटिदिन्छन् !”
–“ल ल धन्दा नमान खुनका बदला खुन !”
गड्याैला लिरिङबिरिङ गर्न थाल्याे।शर्माजीलाई काउ कुती लागेपछि उनले भूईमै फालिदिए । अलि पर पुगे पछि सलहकाे एउटा हुललाई भेटे। उनले सलहलाई हातमा लिएर भने ।
–“तँ त किसानकाे शत्रु रैछस !”
–“गरिब छाैँ हजुर ! बाँच्नै पर्याे । त्यही भएर लुटपाट र गुरिल्ला नगरे अाफ्नै वर्गकाे सुरक्षा गर्नैगार्याे। हामी कसैका शत्रु त हाेइनाै ! बरू, विपन्नताकाे शत्रु हाैँ !”
सलहकाे साम्य सामाजिक बुध्दिमानी कुराले शर्माजी त्यसै सर्माए र प्रस्ताव राखे ।
–“उसाे भए सँगै मिलेर किसानलाई फकाउँ र गाेल बन्द गरेर अाधार तयार गराैँ । भागबण्डामा जिन्दगी चलाउँ !”
सलहले शर्माजीकाे कुरा माने । उनीहरूले सबैभन्दा पहिला करका लागि खुनी खुन अान्दाेलन सुरू गरे ।
एकदिन शर्माजीले सलहकाे भाेककाे बिचमा भाषण सुरू गरे । भाषण सुन्न बसिरहेका सलहका मनमा अाशाकाे चर्काे प्रभाव थियाे । तब शर्माजीकाे भाषण सुनेर पटटट्ट ताली पड्काउँथे । उनकाे कुरा सुनेर उत्साहित थिए । शर्माजी बेहद विजयकाे राैनकले मुस्काउँदै भन्थे ।
–“तर याे कुराे बाहिर चाहिँ नभन्नू, वाताबरणमा बदलाव अाएकाे छ !”
सब सलहका कान ठाडा भए । मुख मिठ्याए । घुटु घुटु थुक निले तर पनि एउटा सलहले भन्याे ।
–“शर्माजीकाे बाेली त खुनकाे भन्दा पनि कति मिठाे स्वाद ?”
–“चुपलाग अहिले !”
अर्काे सलह रिसले चुर भयाे । त्यसपछि रिसाहा साे सलह त्यहाँबाट उड्याे । उसकाे पछिपछि अरू सबै सलहहरू पनि लाखापाखा लागे । शर्माजीले जैविक ल्यावमा एकदिन सलह, गड्याैला, फटेङ्ग्रा, झिंगा, उपिया र उडुसकाे खुन परीक्षण गरे। तिनकाे रगतमा हरियाे, सेताे र कालाे रङ भेटे र अन्तिममा अाफ्नाे रिपाेर्टमा निरास हुँदै निष्कर्ष लेखे ।
–“बदलाव खुनकाे बदलाव दर !”
सलहहरू त्यहाँबाट बिस्ट्याउँदै टाढा टाढा लागे । शर्माजीकाे टाउकाेमा कालाे हरियाे बिष्टा गन्हाइरहेकाे थियाे । बेला बखत जैविक ल्यावमा वमन गर्दै उनी कराउँथे ।
–“अपच प्रयाेगले चलेकाे गाेलागानाे !”
समय सुनसान थियाे।शर्माजीका हातहरू उठिरहेका थिए।जैविक ल्यावमा कुनै गाेलाहरू थिएनन्।गानाेले बेलाबेला छटपटाउँथे । तै पनि विकासवादकाे ढाेका खाेल्ने कचहरी गर्दथे ।
–“जय शम्भाे, रक्षा गर !”

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →