कविता :-चाहनाको खेती :

न मल चाहिने न जल चाहिने
न बिउ चाहिने न ब्याड चाहिने
बोली दिए हुने
सोंची दिए हुने
चाहनाको खेती ।

न सार्नु पर्ने ,न गोड्नु पर्ने
न टिप्नु पर्ने ,न जोड्नु पर्ने
कल्पी दिए हुने
सोंची दिए हुने
चाहनाको खेती ।
न बेच्दा पैसा पर्दछ बस्तु जस्तै
न किन्दा पैसा पर्दछ बस्तु जस्तै
कल्पी दिए पुग्ने
सोची दिए पुग्ने
चाहनाको खेती ।
न रात चाहिने न दिन चाहिने
न मागेर पाईने न चोरेर पाईने
दिमाग चलाए हुने
कलम समाए हुने
चाहनाको खेती ।
त्यही खेती फस्टाउने राष्ट्र सम्पन्न भए
तिनै सोंच रोप्न नसक्ने राष्ट् कंगाल भए
तर मेरो देशमा,
चाहना श्रोतहरू रेमिट्सान्स भए पछि
सम्बृद्धिका हातहरू गुलामी भए पछि
चाहनाको खेती
तप्केनीको बाली भयो
ढुंगे बगरको फाली भयो
कर्कलाको पानी भयो
मात्रैदुई दिनको
ज़िन्दगानी भयो ।
२०२०-७-७

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →