काठमाडौंमा को*रोना संक्रमण बढ्ने क्रम रोकिएन, फेरि थपिए यति धेरै संक्रमित, कुन स्थानमा थपिए त ?

काठमाडौं । काठमाडौं उपत्यकामा २३ जना को*रोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा को*रोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी गराएका छन् ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी कुल १६ जनामा काठमाडौंमा देखिएका छन् । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा को*रोना देखिएको उनले जानकारी दिए ।

त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको को*रोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो ।

यसैबीच नेपालमा थप २५५ जनामा को*रोना भाइरसका संक्रमण पुष्टि भएको छ । थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आजसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

आज२ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा को*रोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →