मन खत्री (सागर )
यदि म पेन्टर भैदिएको भए,
तिम्रो त्यो सत्र बर्षे जवानीको चित्र कोर्थे,
हरेक अंग अंग,
रेसा रेसा,
केश्रा केश्रा,
रसिलो सुन्तलाझै,
मुलाएम शरीर,
त्यो गुलावी उमेर,
हरे शिव शिव !!!
कलाकार हुँदो हुँ त,
राख्दो हुँ कुदेर,
कहिल्यै नवईलाउनेगरी,
अवचेतन मनले सुम्सुमाउदै एकान्तमा,
बालापनको गुडियाझैं,
केवल आफ्नो हुनेगरी,
र आफ्नै रहिरहने गरि,
तिम्रो टाँणी खेत,
मेरो आगमन,
मखनझैं मुलाएम,
कोरली शरीर,
त्यो गुलावी उमेर,
हरे शिव शिव !!
वसमा नरहने यी आँखा,
अझैपनी पुग्छन,
उसैगरी,
उर्लदो भेल बनेर तिमी माथी,
कोसौ दुर टाढा,
अर्कैको हुँदा पनि,
सल्बलाउने मन,
चल्बलाउने ओठ,
हिउँ जस्तो शरीर,
घिउ जस्तो मन,
त्यो गुलावी उमेर,
हरे शिव शिव !!!
२०७७-३-२५