स्वर्णिम चाँदनी
हाे,म त्यहि दिन मेरीआमाकाे
उमेर पुगेकाे प्रमाणपत्र लिएर गएकी थिए,
नागरिकतामा ९० बर्ष पुगेकी आमालाई
सरकारले बृद्दाभत्ता दिदाेरहेछ
केही खुसी स्वरुप,
केही हौसला स्वरुप,
केही सहुलियत स्वरुप पनि।
जब बृद्दाभत्ताकाे हाेहल्ला गाउमा चल्दथ्याे
मेरी अामाकाे चाहुरीपरेकाे अनुहारमा,
चम्किला रेखाहरु निस्कन्थे,
सायद खुसीका क्षणले हाेला
तर त्याे दिन,
आमाकाे त्यहि पलभरकाे खुसी बटुल्न,
एकहातमा सिफारिस र अर्काे हातमा नागरिकता लिएर,
उभिएकी मलाई,
सबैले हेरिरहेका थिए र मैले पनि।
मेरी आमा जस्तै हजारौँ आमाहरु थिए त्यहि लाइनमा
सबै खुसी थिए,
म अवाेध बालकले झै हेरिरहेकी थिए,
म मुर्ती झै अडिग भएर,
उनीहरुकाे कुराले म अक्मक्क थिए,
सुनेका याेजना र सपनाले खुसी लाग्याे मलाई।
आडैमा थिए,
१७,१८ बर्षका कलकलाउदा युवतीहरु पनि
भर्खर जवानी चढेका ती विधवा दिदीबहिनीलाई देख्दा लाग्याे,
एकतमासको पीडामा दुखे म
मुटु चस्कियाे,
आकाश खसे जस्तै लाग्याे
कति रहर हाेलान्,
तर,
कसले पाे बदल्न सक्छ र?
कसले पाे राेक्न सक्छ र?
म मौनतामा टाेलाईरहे,
सबै पङ्तिबद्द थिए पालाेमा
तर मेराे पालाेमा के मिलेन के
त्यहि समय त्यहि बखत पारेर
यता अामाले प्राण त्याग्नुभएछ,
अामाकाे खुसीकाे लागि गएकी म,
अवाक भए,अबरु्द भए।
त्यहि समय…
अामाले बृद्दाभत्ता र मैले अामा गुमाएकाे पल सधैभरि
जीवन्त छ,जीवन्त रहनेछ,
र जीवन्त हुनेछ।।।।