काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा को*रोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा को*रोना संक्रमण भएको हो । मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा को*रोना संक्रमण भएको हो भन्ने खुलाएको छैन ।
यसैबीच नेपालमा थप ११८ जना को*रोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ संक्रमित थपिएका हुन् ।
कुल को*रोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।
हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० को*रोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट को*रोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका क्वरेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने हजार ८ हजार ६०३ जना को*रोना संक्रमित आइसोलेसनमा छन् । दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ ।
सार्क सदस्य राष्ट्रसँग नेपाललाई तुलना गर्दा नेपाल पीसीआर परीक्षणमा अफगानस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।
प्रत्येक १० लाखमा हुने मृत्युदरका आधारमा पनि नेपाल बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानभन्दा कम रहेको छ ।