काठमाडौंमा फेरि भेटिए को*रोना संक्रमित, कहाँ-कहाँ भेटिए संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना को*रोना संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा को*रोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु कुन ठाउँका हुन् मन्त्रालयले खुलाएको छैन ।

नेपालमा थप १४४ जनामा को*रोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ८ सय ५६ जनामा परीक्षण गर्दा नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित थपिएसँगै निको भएर घर फर्कनेको संख्या पनि बढेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना को*रोनामुक्त भएर घर फर्किएका छन् ।

निको भएर घर फर्कनेको कुल संख्या १० हजार २ सय ९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हाल आइसोलेसनमा ६ हजार ६ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल क्वारन्टिनमा २३ हजार ४ सय ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →