किशोरीको अश्लिल भिडियो बनाएर पो’र्न साइटमा हाल्ने युवक यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो बनाएर पो*र्न साइटमा हालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो बनाएर ब्लुसंसार नामक पो*र्न साइटमा अपलोड गरेको आरोपमा प्रहरीले काठमाडौंको गंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।

किशोरीको उजुरीमा पक्राउ परेका श्रेष्ठलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनका म्या लिएर थुनामा राखेर अनुसन्धान गरिरहेको जनाएको छ। श्रेष्ठमाथि विद्युतीय कारोबार ऐन, २०६३को परिच्छेद ९ मा उल्लेखित कसुरअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →