काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा गरिएको परीक्षण एक जना र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस बिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले बताए।
योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ।
यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६१ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेका छन् ।
मंगलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।
यस्तै ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
आजसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभरीका विभिन्न क्वारेन्टिनहरुमा २४ हजार ७ सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।