कविता:-आज मैले भानुभक्त देखें,

मन खत्री (सागर)

आज मैले भानुभक्त देखें,
चुस्स चुरोट तान्दै
बाटातिर बरालिदै हिंडेका,
झुस्स दारी पालेका,
फुस्स उडेको अनुहार,
काँधमा जनै हालेका,
मैले आफुलाई विश्वासै गर्न सकिन,
के भाका हुन भानुभक्त ?
हातमा सुर्ति माडेका,
छ्या!
भानुभक्तले किन यस्तो गति छाडेका ?
आज मैले भानुभक्त देखे,
ज्यान सुकेको थियो,
अनुहार झुकेको थियो,
मःमः पसलमा,
झोल थपेर मःमः खादै गर्दा,
साथीहरुको लहै लहैमा जाँदै गर्दा,
मैले भानुभक्त देखें,
पपजीको रट लागेर होला,
आँखा राता थिए,
सुई हाने जस्ता,
गाँजा ताने जस्ता,
मैले आफुलाई विश्वासै गर्न सकिन,
के भाका हुन भानुभक्त ?
ज्ञान बाँड्नु पर्नेले चुरोट बाँडेका,
छ्या!
भानुभक्तले किन यस्तो गति छाडेका ?
मैले आज भानुभक्त देखेँ,
दोहारी साँझमा झुम्मिएका,
डिस्कोतिर चुङ्गिएका,
कपाल रेजर हानेका,
आखिभौं तानेका,
कम्मरमा लत्रेको पाइन्ट,
हातभरि ट्याटू,
आखाँमा टप,
बाधिएको बाघ जस्तै,
मैले आफुलाई विश्वासै गर्न सकिन,
के भाका हुन भानुभक्त ?
लाजै नमानि सडकमा कपडा काडेका,
छ्या!
भानुभक्तले किन यस्तो गति छाडेका ?
मैले आज भानुभक्त देखेँ,
आफैलाई कस्तो कस्तो लाग्यो,
अनि यो कविता लेखें ।।

२०७७-३-२९

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →