गजल

पदम थापा

हिडिरहन्छु लखर लखर न काज न काम छ
भन्न मिल्दैन मेरो जिन्दगीमा पुर्णबिराम छ।

ढोका लगाएर घरभित्रै बस्दापनि सुरक्षित भैएन
के गर्नु हत्यारा, बलत्कारी जताततै खुल्यआम छ।

प्रियसी हुलाकीलाई सोध्दिहौलि चिठी आछनै
मन तछ लेख्ने न कलम छ न पठाउने खाम छ

दिनरात झरि परिरहन्छ बर्खामास घरदेशमा
छट्पटी हुन्छ प्रदेशमा निद्रा पर्दैन जाग्राम छ ।

पोहोर पनि ढाटे अहिले पनि आउछु भनेर ढाटे
यसपालि छोरो आउँछ घरमा खुसी धुमधाम छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →