गजल

देवेन्द्र कैदी पुरुष

विदेश पसे युवा देशका तागतिला सबै
छिमेकीले सारी रहन्छ सीमा किला सबै

सम्बन्ध मा उकाला ओराला सबै आउछ्न
जीवनमा नहुने रहेछन् गोरेटा सजिला सबै

विश्वास हो छोरा फर्केर आउँछ बुढेसमा
भगवान् छन् भन्दै पुज्छौ यहाँ सिला सबै

महलमा छैन सान्ती कोही झुपडीमा खुशी
कहाँ हुँदा रहेछन् र मान्छे हरु हँसिला सबै

धेरै सोझो बन्नु पनि कहाँ फाइदा रहेछ र
यहाँ छानी छानी काटिन्छ रुख सुरीला सबै

राता रात सपना देखें रात भरमै धनी बने
चप्पल बिना हिँड्थे हाम्रा नेता पहिला सबै

भरतपुर चितवन

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →