अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ १ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ४३ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २१ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →