हो “म” को हुँ ?

म गर्भमै शंका र हेला भएको मान्छे
म जन्मिदै नीच र घटिया भएको म,म गर्भमै तुहिन नसकेको मान्छे,तर,

आमाको ममता र छातीको स्पर्शले सम्हालिएको म।दुनियालाई शंका र उपशंकाको घेरामा परेर पनि मैले मृत्युलाई जिते,अझै मलाई मृत्यु दिलाइएन् पनि।मेरै कारण एउटी आमाले,आफ्न्त र बाकी बैस गुमाउनु परेको त्यो समय कति कठोर होला?त्यसैबीचमा,बडो सङघर्षले हुर्किएको म, जन्मेकै छ महिनामा कसैले जीवनदान दिने सर्तमा मागेको म।

अहँ! त्यति बेला आमा कठोर बनिन् र त- पटुकीभरिका मकै र भटमासले हुर्किए म। जिउदा हिम्मत हार्नु हुदैन,सधै जीत मात्र पनि जिन्दगी होइन्,
हार्दा जिन्दगीमा नया कुरा सिकिन्छ, मेरो कखरा सिक्ने समय भयो। पठशालामा जन्मपूर्जा चाहिन्थयो त्यतिबेला पनि र अहिले पनि, म बिना जन्मदर्ताको मान्छे, बिना ठेगानाको मान्छे म, हरिवंशको चिना हराएको र
मेरो बा हराएको बर्षौ भएकोथियो। पाठशालामा जन्मदर्ता चाहियो अनि जन्मदर्ताका’बा’चाहिने त्यहि बेला आमालाई सोघे- “आमा ‘बा’ कहिले आउनु हुन्छ?” आमाले मलिन स्वरमा जवाफ दिन्थिन्”मुग्लान पस्या छन् त जान्ने बुझ्ने बेला कसो नआउलान् र”! त्यति भनेपछि ममा खुसीले सिमा नाग्थियो मन बेचैन हुन्थियो। म जान्ने र केही जिन्दगी पनि बुझ्ने हुदै गए,

तर मेरा ‘बा’ फर्केर आएनन्, मलाई पाठशालामा कागजीपूर्जीकोसधै उर्दी गरियो। त्यहि बीचमा एकदिन आमाले, ‘बा’ को नाम राखेर मलाई भर्ती गरिन्
म दुई बर्षको हुदा बल्ल ‘बा’ आए त्यो पनि, लाग्यो! मुग्लानबाट। मुग्लान गएका मेरा ‘बा’ ले एउटा फिलिप रेडियो लिएर आएकाथिए।
सोचे!बा त मुग्लानमै आफ्नो जिन्दगी बिताएर आएका रहेछन्। आमाको उमेर भन्दा दोब्बर उमेर भएका मेरा ‘बा’ ले एकरात मध्याह्नमा, आमालाई र मलाई एकसर्को माया दिएर सधैका लागि बिश्राम लिए, यता!

पढाई राम्रो हुदैगयो परीक्षा मैले दिए नतिजा आमालाई चाहिन्थयो, जसले आमाको मुहार धपधपी बल्थ्यो। र मलाई संसार नै जिते झै हुन्थियो,
बीचमै,

‘बा’ ले आमालाई र मलाई छोडेर गए मैले फेरि आमालाई सोधे, आमा “बा” खोई? यसपटक आमाले उ~~पर माथि मात्र भनिन्, म अवाक बने शव्दहिन बने। त्यसैदिन कसैले नेपथ्यमा भन्यो पीर नगर तिम्रो ‘बा’ फर्केर आउनेछन् एकदिन अवस्य। तिम्रो ‘बा’को कुनै जात थिएन,थर थिएन, उनी पर्दा पछाडि थिए,छन् र हुनेछन् सदैब,एकाएक,त्यहिबेला आमालाई पनि कसैले भन्यो “तैले जसका कारण आफन्त त्यागिस, दुनियामा आफ्ना भन्ने कोही भएनन् तेरो त्यसपछि, बास्,जसको कारण पुरा जिन्दगी लडिस् बैस यत्तिकै बिताइस्, निरन्तर,यहि सन्तानकै खुसीका लागि सधै लागि पर”।
चिनाउनु संसारमा एक नारी र एक पुरूष छ भन्ने जात। जातले होइन कामले चिनाउनु आफ्नो अस्तित्व। यत्ति बुझाउनु ।।। अनि,
नेपथ्यको आवाज बिलिन हुन्छ। म अझै अनभिज्ञ छु।। म को हु भन्नेमा। अझै अनभिज्ञ छु।।

-स्वर्णिम चाँदनी/बागलुङ गलकोट

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →