काठमाडौं । नेपालमा दैनिक को*रोना संक्रमितको संख्या बढदै जाँदा सक्रिय संक्रमितको घट्दै गएको छ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्रा. डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मुलुकभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ रहेको बताए। उनका अनुसार सक्रिय संक्रमित ३३।३ प्रतिशत छन्।
मंगलबार मुलुकभर सक्रिय संक्रमित ६ हजार ६ सय ९५, बुधबार सक्रिय संक्रमितको संख्या ६ हजार १ सय १४, बिहीबार ६ हजार ५६, शुक्रबार ५ हजार ८ सय ७१ रहेको थियो।
उनका अनुसार मुलुकभर हालसम्म ११ हजार ६ सय ३७ संक्रमित निको भएर घर गइसकेका छन्। हालसम्म कुल संख्याको ६६। ५ प्रतिशत संक्रमण मुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा को*रोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा को*रोना पोजेटिभ देखिएको हो।
योसँगै नेपालमा को*रोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता प्रा डा गौतमका अनुसार शनिबार मात्र को*रोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ३ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ३७ रहेको छ।